Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘२ नम्बर प्रदेशमा कांग्रेस पहिलो’

Uday-Samser-1505304354.jpg

२८ भदौ, हेटौँडा । नेपाल तरुण दलका निवर्तमान अध्यक्ष एवम् अर्थ राज्यमन्त्री उदय शमसेर राणाले प्रदेश नं. २ मा हुने तेश्रो चरणको स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् ।  

निर्बाचन प्रचारप्रसारका लागि २ नम्बर प्रदेशमा जाने क्रममा हेटौँडाको काँग्रेस पार्टी कार्यालयमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राणाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्न मकवानपुरका कार्यकताहरुलाई पनि आग्रह गरेका छन् । मकवानपुर २ नम्बर प्रदेश नजिक भएकाले काँग्रेस पहिलो बनाउने दायित्व यहाँका नेता तथा कार्यकर्ताको भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

६ वटा प्रदेशमा काँग्रेसको आफ्नै आन्तरिक कमजोरीले दोश्रोमा खुम्चनु परेको स्विकार गर्र्दै राणाले यसलाई परिपूर्ति गर्न २ नम्बर प्रदेशले सहयोग गर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले आसन्न केन्द्रीय र प्रदेश चुनावको पनि तयार गर्न अनुरोध गरेका थिए ।  कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लमिछानेको सभाध्यक्षतामा भएको भएको थियो ।

कार्यक्रममा सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, पूर्व जिल्ला सदस्य लक्ष्मण सुवेदी, महासमिति सदस्य दीनेश उपाध्याय, महाधिबेशन प्रतिनिधी ईश्वर पण्डित, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमूख दामोदर खनाल, नेपाल विद्यार्थी संघ अध्यक्ष शिव खतिवडा राजु, नेपाल तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण नेता राजेश भेटवाल, वडा अध्यक्षहरु सविन न्यौपाने, सोम तिमल्सिनालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार