Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला सामुदायिक वनमा धनुषाका वन उपभोक्त समूहको अवलोकन

FB_IMG_1632832975903-1632836795.jpg

अवलोकन पछि सामुहिक तस्विर खिचाउदै अवलोकन कर्ता

१२ असोज,हेटौंडा। हेटौंडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वनको धनुषाबाट आएको सामुदायिक वनका उपभोक्ताहरुले अवलोकन गरेका छन । 

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ र १३ मा रहेको सुनाखरी र दूधपानी सामुदायिक वनका समूहका उपभोक्ताहरुले मंगलबार चुच्चेखोला सामुदायिक वनको अवलोकन गरेका हुन ।

अवलोकनमा आएका उपभोक्तालाई चुच्चेखोला वन समूहका उपाध्यक्ष कल्पना पराजुली,सचिव सरिता गौतम, क्षेत्रीय संयोजक केदार पुडासैनी, कार्यालय सचिव केदारप्रसाद गौतम र वनहेरालु कृष्ण प्रसाद पुडासैनीले वनले गरेका विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए भने वनको अवलोकन भ्रमण गराएका थिए। 

कार्यक्रममा मिथिला वाईल्डलाईफका अध्यक्ष देवनारायण मण्डल,सुनाखरि सामुदायिक वनका अध्यक्ष दुर्गाहरि ग्यावक,दूधपानी सामुदायिक वनका अध्यक्ष माधव भण्डारी र दुबै सामुदायिक वनका महिला उपभोक्ताहरु गरि करिव १ सय जनाको सहभागिता रहेको थियो। 

जेडएसएलले चुच्चेखोला सामुदायिक वनलाई महिलाहरुको आयआर्जन बढाउन प्रदान गरेको रकमले गरेका विभिन्न आयआर्जन सम्वन्धि कार्यक्रमको स्थलगत अवलोकन गर्न भ्रमणको आयोजना गरिएको बताईएको छ।  जेडएसएल,मिथिला वाईल्डलाईफको सहयोगमा अवलोकन भ्रमण गरिएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार