रौतहटको चुनावीसभामा सहभागि हुदै काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित शीर्षस्थ नेताहरु
सुनिल शिवाकोटी / ब्यस्त प्रभात
३० भदौ , बारा / रौतहट । असोज २ गते हुने दुई नम्बर प्रदेशको आठवटा जिल्लामा १३६ तहमा हुनगईरहेको निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन विभिन्न पार्टीका शीर्षस्थ नेता तथा उम्मेदवारहरु मतदाता लाई आङ्खनो पक्ष र आङ्खना उम्मेदवारहरुलाई मत जुटाउन अन्तिम प्रयासमा लागी परेका छन । आज रातिबाट शून्य अवधी सुरु हुने भएकाले उम्मेदवारले प्रचार प्रसारको अन्तिम दौडधुपमा लागिपरेका छन् ।
यतिखेर तराईका ८ जिल्लामा मौसमी गर्मी संगै चुनावी गर्मीले तातेको छ । प्रमुख दलका शीर्षस्थ नेताहरू सबै दुई नम्बर प्रदेशकै जिल्लामा चुनाव प्रचारमा व्यस्त छन । काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भदौ २७ गते मधेस झरेपछि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट हुँदै पर्सा पुगेका छन् । आज उनको पर्सा र बारामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन । त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आज महोत्तरी र बारामा विभिन्न चुनावीसभामा सहभागि हुदैछन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि मधेसमा आफ्नो पार्टीको पल्ला भारी पार्न तराईका जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गर्नमा ब्यस्त देखिन्छन । उनले आज सर्लाहीको लालबन्धी र वीरगन्जमा हुने चुनावीसभामा सहभागि हुदैछन । त्यसैगरी जनमत काँग्रेसको पक्षमा पार्न काँग्रेसका वरिष्ट नेता राम चन्द्र पौडले बारा, पर्सामै रहिरहेका छन ,उनी पर्साको पोखरिया नगरपालिकामा बाराको कलैया नगरपालिका र वीरगन्ज महानगरपालिका हुने चुनावी सभामा सहभागि हुदैछन ।
काँग्रेसका महामन्त्री डा. शशांक कोइराला पनि बाराको कलैया नगरपालिका र वीरगन्ज महानगरपालिका हुने चुनावी सभामा सहभागि हुदैछन । एमाले का वरिष्ट नेता झलनाथ खनाल बाराको कोहल्वी नगरपालिका र पर्साको वीरगन्जमा हुने चुनावी सभामा सहभागि हुदैछन ।
त्यसैगरी उपेन्द्र यादव शुक्रबार दिनभर सिरहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन् ।
त्यसैगरी राप्रपा अध्यक्ष कमल थापा चुनावी प्रचारमा नजाने भएका छन् । राप्रपाले प्रदेश नं. २ निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको र तामाङले प्रदेश नं. २ बाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, सांसदलाई खटाएको र उनीहरूले आ–आफ्नै तरिकाले निर्वाचन प्रचारप्रसार गरिरहेको जानकारी दिए ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म चुनावी प्रचारमा व्यस्त हुने भएका छन् । शुक्रबार बारा, रौतहट र पर्साका विभिन्न चुनावी सभामा सहभागी हुनेछन् । दिउँसो २ बजे बाराको परवानीपुर र बेलुका ५ बजे वीरगन्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने नयाँ शक्तिले जनाएको छ ।
त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार शुक्रबार तीन जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन् । पार्टी महामन्त्री भारतेन्दु मल्लिकका अनुसार गच्छदारले बिहान साढे ११ बजे सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनुषाको जनकपुर र सर्लाहीमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् ।
चुनावीसभामालाई सम्बोधन गर्दै प्रचण्ड
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















