Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-१० बसपार्कमा 'हेल्प डेस्क' को स्थापना

Help-desk-buspark-1633406732.jpg

१९ असोज,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्क र साना हात र सचेत नागरिक युवा समूहको सहकार्यमा नजिकिदैँ गरेको चाडपर्वलाई लक्षीत गरी मंगलबार(आज) देखि नागरिक-यात्रु सहायता कक्ष(हेल्प डेस्क)स्थापना गरेको छ।  

हेटौंडा उपमहानगरपालिका– १० बसपार्कस्थितमा रहेको सामुदायिक प्रहरी सेवा-उप केन्द्रको कार्यालयमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको हो। उक्त नागरीक  सहायता कक्षको आज बिहान  हेटौँडा-१० का वडाध्यक्ष किताब सिंह लामा र मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले संयुक्त रुपमा उदघाटन गरेका छन्।  

कार्यक्रममा बोल्दै मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले यात्रुहरुको चाप बढेसँगै र यो संकटको अवस्थामा यात्रुहरु ठगिमा नपरुन भन्ने उद्धेश्यले यात्रुहरुको सुरक्षा, सुविधा र सहजिकरणका लागि सामुदायिक प्रहरी सेवा उप केन्द्रको सहकार्यमा आजदेखि नागरिक सहायता कक्षा स्थापना गरिएको बताए ।एसपी रााठौले यात्रुहरुलाई कुनै गुनासो या कुनै अमानविय व्यवहार भएमा प्रहरीको कन्ट्रोल न: १०० मा या ९८५५०९०१५० र ९८५५०९१००० नम्बरमा फोन गर्न सकिने बताएका छन्। 

यता उदघाटन कार्यक्रममा बोल्दै हेटौँडा १० का वडाध्यक्ष किताब सिंह लामाले नागरिक सहयता कक्ष स्थापना हुदा नागरिकले ठगिनु नपर्ने र नागरिकले ठगिनु परे कक्षमा रहेका प्रहरीलाई आएर समस्या राख्न अनुरोध गरेका छन्। यता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले नागरिकले बढी भाडा तिर्नु  परे र यातायात व्यवसायीले दुख दिए प्रहरीलाई खबर गर्न भने।

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षता भएको कार्यक्रममा सामुदयिक प्रहरी सेवा केन्द्र हेटौडा ११ का अध्यक्ष शालिकराम पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा-९ पशुपतिनगरका अध्यक्ष राम बिष्ट,महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ,उप- केन्द्रका पदाधिकारी,स्थानीय,जनप्रतिनिधि, यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार