Email :- prastakhabar@gmail.com
कला/संस्कृति

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणीको पूजा गरिदै

maxresdefault-1569806197-1633652206.jpg

२२ असोज, हेटौंडा । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । बिशेषगरी काठमाडौँका नक्साल भगवती, रक्तकाली, नरदेवी, कालिकास्थान, मैतीदेवी, भद्रकाली, शोभा भगवती, पशुपति क्षेत्रको झङ्केश्वरी, गुह्येश्वरी, भुवनेश्वरी लगायतका शक्तिपीठमा घटस्थापना गरेर देवीको आराधना गरिँदैछ ।
यस्तै उपत्यका बाहिर मकवानपुर हेटौँडाको भुटनदेवी, चुरियामाई, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लाग्ने गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
20200604_122230-1660925239.jpg

३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...

महिला संघ मकवानपुरको आयोजनामा शनिवार तीज कार्यक्रम हुने
teej-1660915543.jpg

३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...

१९ बर्षमुनिको विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक  
Watch-cricket-live-free-1660915232.jpg

३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना
2020_3image_13_55_4468746-1660914917.jpg

३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...

शनिवार हेटौंडामा सद्भाव पदयात्रा तथा आशीर्वाद कार्यक्रम हुने
299012519_533459299996126-1660914284.jpg

३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...

रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने
PS-vela1660888450-1660905621.jpg

३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...

मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड (तस्विरहरू)
M-gadhi-112405_Gallery-1660889790.jpg

३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
Capture1-1660868814.jpg

३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...

नागरिकता  विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
RS_KTM_PARLIAMENT_CITIZEN-1660867682.jpg

३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...

थप समाचार