Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

प्रगति माध्यामिक विद्यालयको चियापन कार्यक्रम सम्पन्न

245324813_122146608169596-1634089504.jpg

२७ असोज, हेटौंडा । नेपाली हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माध्यामिक विद्यालयले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य निरञ्जन ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहाकार एवं समाजसेवी रिता खनाल, विद्यालयका शिक्षकशिक्षिका एवम पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा विद्यालयका प्राचार्य ढकालले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । प्राचार्य ढकालले विद्यालयलाई जिल्लामै उत्कृष्ट बनाउन पूर्व विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने भन्दै केहि पूर्व विद्यार्थीहरुबाट प्राप्त भएको सहयोगका बारेमा जानकारी गराउँदै थप सहयोगको अपेक्षा रहेको बताए ।
यसैगरी कार्यक्रममा विद्यालकी पूर्वविद्यार्थी समेत रहेकी समाजसेवी रिता खनालले देशका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरिरहेका प्रगतिको पूर्व विद्यार्थहरुको तथ्यांक संकलन गर्न सुझाव दिइन् ।
उनले पूर्व विद्यार्थीहरुको विद्यालयप्रति माया रहेको उल्लेख गर्दै सबै पूर्व विद्यार्थीहरुले विद्यालयको सर्वांगिण विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन । उक्त अवसरमा समाजसेवी खनालले विद्यालयका लागी बोधिसत्व विहार काठमाडौंबाट प्राप्त भएका विभिन्न स्वास्थ्य समाग्री हस्तान्तरण गरिन । 
कार्यक्रमकै अवसरमा पूर्व विद्यार्थीहरुले एकआपसमा शुभकामना साटासाट गर्नुका साथै विद्यालयमा अध्ययन गर्ने क्रममा भएका रमाइला र प्रेरक एवं स्मरणिय क्षणहरुका विषयमा बताएका थिए ।
 

245161711_286078273186655-1634089504.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

थप समाचार
received_4248489671868048-1622949503.gif