२९ असोज, हेटौंडा । आज नेपालीहरुको महान् चाड बडा दशैको मुख्य दिन, देवी दुर्गा भवानकिो प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइंदै छ । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गर्नु आजको विशेषता हो ।
घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका सुरु हुन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।
पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको जनाएको छ । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ ।
विजयादशमीको दिन देवी विसर्जनको साइत आज बिहान ८ बजेर १९ मिनेटमा रहेको पनि समितिले जनाएको छ । घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाए पछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने चलन रहेको छ ।
समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।
दशैंको टिकामा अन्य फुलको प्रयोग गरिदैन । दशैंको टिकासंगै सम्बृद्धिको प्रतिको रुपमा मानिएको जमराको नै प्रयोग गर्ने धार्मिक प्रचलन रहेको छ । आजबाट शुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ । कोजाग्रत पुर्णिमाको दिन बिधिवत रुपमा टिका समापन गरि दशैं बिदा गर्ने पौराणिक प्रचलन रहेको छ ।
३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...
३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...
३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...
३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...
३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...
३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...
३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...
३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...
३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...
२ भदौं,हेटौंडा। पहिरो जादा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध बनेको छ भने उक्त पहिरोमा एउटा सुमो फसेको छ। बिहिबार राती...
२९ साउन, हेटौंडा । घुससहित पक्राउ गरेको भनिएका भीमफेदीका एक प्रहरी निरीक्षकले सफाई पाएका छन् । इलाका प्रहरी...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
३० साउन, हेटौंडा । कुनै समय मकवानपुरसहित सम्रग जिल्लाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज,...
१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा...
२३ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुई...
२६ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु...