Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

छक्का पञ्जा–२’ को टोली हेटौडामा

21682723_1407070692711570-1505568309.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

३१ भदौ, हेटौँडा । प्रचारप्रसारका लागि देश दौडाहमा रहेको चलचित्र छक्का पञ्जा–२ को टोली हेटौडामा आईपुगेको छ । पूर्व झापाबाट प्रचारप्रसार सुरु गर्दै विर्तामोड, दमक र इटहरी हुँदै हेटौंडा आइपुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबारे जानकारी दिएको छ । चलचित्रका निर्देशक दिपाश्री निरौलाले पत्रकार सम्मेलन मार्फत  छक्का पञ्जाको सफलता लाई कायम राख्न छक्का पञ्जा–२ निर्माण गरेको बताईन । त्यसैगरी चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले वैदेशिक रोजगारले निम्त्याएको समस्यालाई चलचित्रमा उतारिएको बताए । उनले पहिलो संस्करण जस्तै कथा भएपनि अरुले उठाउन नसकेका मुद्धालाई अजागर गरी चलचित्र निर्माण गरिएको बताए । पत्रकार सम्मेलनमा निर्माता एंव कलाकार जितु नेपाल तथा माग्ने बुढाले छक्का पञ्जाको कथालाई दर्शकले रुचाए जस्तै छक्का पञ्जा–२ लाई पनि धेरै दर्शकले रुचाउने विश्वास  ब्यक्त गरका थिए । त्यसैगरी  कलाकारद्वय प्रियंका कार्की र बर्षा राउतले पत्रकारले चलचित्रको बारेमा गरेको  प्रश्नको जवाफ दिएका थिए ।
पोखराको हेम्जा, पाल्पा र काभ्रेका विभिन्न क्षेत्रमा  छायाँकन गरिएको चलचित्र १ करोड ५० लाखको लागतमा  निर्माण गरिएको र चलचित्र आगामी असोज ११ गते फूलपातीका दिनदेखि देशभरका हलबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण पक्षले जनाएको छ ।  
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा सम्पन्न  कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र मर्हजन,नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार