Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

छक्का पञ्जा–२’ को टोली हेटौडामा

21682723_1407070692711570-1505568309.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

३१ भदौ, हेटौँडा । प्रचारप्रसारका लागि देश दौडाहमा रहेको चलचित्र छक्का पञ्जा–२ को टोली हेटौडामा आईपुगेको छ । पूर्व झापाबाट प्रचारप्रसार सुरु गर्दै विर्तामोड, दमक र इटहरी हुँदै हेटौंडा आइपुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबारे जानकारी दिएको छ । चलचित्रका निर्देशक दिपाश्री निरौलाले पत्रकार सम्मेलन मार्फत  छक्का पञ्जाको सफलता लाई कायम राख्न छक्का पञ्जा–२ निर्माण गरेको बताईन । त्यसैगरी चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले वैदेशिक रोजगारले निम्त्याएको समस्यालाई चलचित्रमा उतारिएको बताए । उनले पहिलो संस्करण जस्तै कथा भएपनि अरुले उठाउन नसकेका मुद्धालाई अजागर गरी चलचित्र निर्माण गरिएको बताए । पत्रकार सम्मेलनमा निर्माता एंव कलाकार जितु नेपाल तथा माग्ने बुढाले छक्का पञ्जाको कथालाई दर्शकले रुचाए जस्तै छक्का पञ्जा–२ लाई पनि धेरै दर्शकले रुचाउने विश्वास  ब्यक्त गरका थिए । त्यसैगरी  कलाकारद्वय प्रियंका कार्की र बर्षा राउतले पत्रकारले चलचित्रको बारेमा गरेको  प्रश्नको जवाफ दिएका थिए ।
पोखराको हेम्जा, पाल्पा र काभ्रेका विभिन्न क्षेत्रमा  छायाँकन गरिएको चलचित्र १ करोड ५० लाखको लागतमा  निर्माण गरिएको र चलचित्र आगामी असोज ११ गते फूलपातीका दिनदेखि देशभरका हलबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण पक्षले जनाएको छ ।  
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा सम्पन्न  कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र मर्हजन,नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार