४ कार्तिक, हेटौंडा । आयरल्याण्डलाई हराउँदै श्रीलंकाले युएई र ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंका टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको हो ।
श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिए । लाहिरु कुमारा र चामिका करुनारत्नेले २÷२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाए । कप्तान डसुन शनकाले अविजित २१ रन बनाए । आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए । मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए ।
यस जितसँगै पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले २ खेलमा ४ अंक जोडेको छ । श्रीलंका समूहको शीर्ष स्थानमा रहेको छ । आयरल्याण्ड २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायम छ । आयरल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले हराएको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







