१ असोज, हेटौँडा । हेटौडा–६, हातीलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी सहकारी संस्थाले आव ०७३/०७४ मा ७ करोड ५८ लाख ५० हजारको कारोवार गर्न सफल भएको छ । संस्थाको आईतवार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिईएको हो ।
संस्थाको शेयर पूँजी २६ लाख २० हजार, जगेडा कोष १७ लाख ८६ हजार, निक्षेप ८९ लाख ३० हजार, दुध तथा अन्य सामान विक्री ५ करोड ५३ लाख, अनुदान ९ लाख ७३ हजार, जोखिम कोष ४ लाख ४० हजार, भुक्तानी दिनु पर्ने ३६ लाख ६७ हजार रुपैँया रहेको छ ।
सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेलले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक रामबहादुर कार्कीले लेखा परीक्षण प्रतिवेदन,उपाध्यक्ष ईन्द्रमणी गौतमले ऋण समितिको प्रतिवेदन र सामान खरीद विक्री उपसमितिका संयोजक रत्नप्रसाद सापकोटाले खरीद विक्री उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा निवर्तमान अध्यक्ष नेत्रप्रसाद सापकोटा,ज्येष्ठ शेयर सदस्य उदयनारायण चौलागाई, ईश्वरीप्रसाद देवकोटा, एकल महिला गंगामाया चौलागाई, गोठ सफा राख्ने प्रलिता थापा, उद्धवप्रसाद दंगाल र नारायणप्रसाद सापकोटालाई सम्मानित गरिएको थियो । गुणस्तरीय दूध विक्री गर्ने उदयनारायण चौलागाई, विश्वनाथ अधिकारी जगनाथ गौतम, असली ऋणी, बचतकर्ता, बढी सामान खरीदकर्ता,बढी दूध विक्री गर्ने,कृषि प्राविधिक अध्ययन गरिरहेका शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको सभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चेतनशिल दुग्ध उतपादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, गरिवी निवारण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज पराजुली, निवर्तमान अध्यक्ष नेत्रप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















