Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणीको कारोबार ७ करोड ५८ लाख

Narayani-1505655043.jpg

१ असोज, हेटौँडा । हेटौडा–६, हातीलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी सहकारी संस्थाले आव ०७३/०७४ मा ७ करोड ५८ लाख ५० हजारको कारोवार गर्न सफल भएको छ । संस्थाको आईतवार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिईएको हो । 
संस्थाको शेयर पूँजी २६ लाख २० हजार, जगेडा कोष १७ लाख ८६ हजार, निक्षेप ८९ लाख ३० हजार, दुध तथा अन्य सामान विक्री ५ करोड ५३ लाख, अनुदान ९ लाख ७३ हजार, जोखिम कोष ४ लाख ४० हजार, भुक्तानी दिनु पर्ने ३६ लाख ६७ हजार रुपैँया रहेको छ । 
सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेलले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक रामबहादुर कार्कीले लेखा परीक्षण प्रतिवेदन,उपाध्यक्ष ईन्द्रमणी गौतमले ऋण समितिको प्रतिवेदन र सामान खरीद विक्री उपसमितिका संयोजक रत्नप्रसाद सापकोटाले खरीद विक्री उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
साधारण सभामा  निवर्तमान अध्यक्ष नेत्रप्रसाद सापकोटा,ज्येष्ठ शेयर सदस्य उदयनारायण चौलागाई, ईश्वरीप्रसाद देवकोटा, एकल महिला गंगामाया चौलागाई, गोठ सफा राख्ने प्रलिता थापा, उद्धवप्रसाद दंगाल र नारायणप्रसाद सापकोटालाई सम्मानित गरिएको थियो । गुणस्तरीय दूध विक्री गर्ने उदयनारायण चौलागाई, विश्वनाथ अधिकारी जगनाथ गौतम, असली ऋणी, बचतकर्ता, बढी सामान खरीदकर्ता,बढी दूध विक्री गर्ने,कृषि प्राविधिक अध्ययन गरिरहेका शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको सभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चेतनशिल दुग्ध उतपादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, गरिवी निवारण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज पराजुली, निवर्तमान अध्यक्ष नेत्रप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार