Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रत्नदेवीको अभिभावक भेला सम्पन्न, अध्यक्षमा घिसिङ

Screenshot_20211025-19075-1635167929.jpg

८ कार्तिक, हेटौंडा । मकवानपुरगढी-१ फुलबारीमा रहेको रत्नदेवी प्राथमिक विद्यालयको ३१ औं अभिभावक भेला सम्पन्न भएको छ । मकवानपुरगढी-१ का वडा अध्यक्ष आइतसिं लोको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष बिरबहादुर थिङको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
भेलाले बिकलाल घिसिङको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्था समिति गठन गरेको छ । समितिको सदस्यमा चन्द्रलाल भुलुन, संगिता नगरकोटी, लक्ष्मीदेवी तामाङ, प्रदिप दाहाल, अनुजा तामाङ, पदेन सदस्य वडा सदस्य गणेशमान गोले, सदस्य सचिव प्रधानाध्यापक श्यामलाल श्रेष्ठ, शिक्षिक प्रतिनिधि टुककुमारी चौलागाईं चयन भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामलाल श्रेष्ठले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा वडा सदस्य गणेशमान गोले, शिक्षा ईकाईका स्रोत शिक्षक दासरथी भण्डारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, रानीसेरा माविका प्रधानाध्यापक सुन्दरसिं लो, स्वास्थ्यस्वंम सेविका लक्ष्मी घिमिरे, शुभलाभ टोल विकास संस्थाका अध्यक्ष प्रल्हाद घिमिरे, रत्नदेवी सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णबहादुर न्यासुर, शिक्षिका टुककुमारी चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

IMG-e2dbeb9c5f4b93204546b-1635167951.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार