१ असोज, हेटौंडा । हेटौंडामा जारी केशवलाल श्रेष्ठ स्मृति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । सेमीफाइनलमा आयोजक मकवानपुरसहित तीन विभागीय टोली प्रवेश गरेको छ ।
आईतबार तीन क्वार्टरफाइनल खेल भएका थिए भने शनिबार नै आयोजक मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो । उपाधी होडमा उभिन नेपाल आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग सोमबार सेमीफाइनल खेल खेल्नेछ भने आयोजकले नेपाल पुलिसको सामना गर्नुपर्नेछ ।
आईतबार नेपाल आर्मीले सिन्धपाल्चोकको सिपा पोखरे युवा सञ्जाललाई २५–१४, २५–१२ र २५–६ को सोझो र सहज सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश ग¥यो । सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिमाञ्चल टिमलाई २५–१०, २५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित बनायो । आईतबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल टिमलाई पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको छ ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा सेमीफाइनल प्रवेश गर्ने अन्तिम टोली छनौट हुन ५ वटै सेट खेल्नु पर्यो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपाल पुलिस क्लबले दोस्रो सेट १५–२५ अंकका साथ पश्चिमाञ्चललाई सुम्पियो । तेस्रो सेट पुलिसले २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल २–१ को स्थितिमा पु¥यायो । चौथो सेट पश्चिमाञ्चलले २५–१९ ले आफ्नो पक्षमा पारेसँगै खेल अन्तिम सेटसम्म धकेलिएको थियो । पाँचौं तथा अन्तिम सेटमा पुलिसले १५–१३ अंकसाथ आफ्नो पक्षमा पार्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्यो ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–१९ को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उपाधी विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पाउनेछ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


