१२ कार्तिक, हेटौंडा । शहीद प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–१ मा शुक्रबारबाट फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा सिद्धबाबा युवा क्लव मनहरी–३ र मोडर्न यूथ क्लव मनहरी–१ ले विजय यात्रा सुरु गरेका छन् । उद्घाटन खेलमा सिद्धबाबाले क्रिश्चियन समाज युवा क्लव ज्यामिरेलाई टाइब्रेकरमा हराएको हो । खेलमा सिद्धबाबाबका गोलरक्षक सुरेश गोङ्बा म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेलमा चुरियामाई युवा क्लवलाई २–१ गोलले हराउँदै मोडर्न यूथ क्लव विजयी भएको छ । खेलमा मोडर्नका सन्जिव स्याङ्तान म्यान अफ द म्याच भए । प्रतियोगितालाई मनहरी गाउँपालिका–१ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले उद्घाटन गरेका हुन् ।
प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानका उपाध्यक्ष माधव उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा ९ नम्बर वडा सभापति वीरेन्द्र लामा, कार्यक्रम संयोजक सागर जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२६ वटा क्लवको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शहीद प्रितकुमार मोक्तानको योगदानलाई जीवन्त राख्दै खेलकुदको विकास र युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापित गर्न फुटबल प्रतियोगिता आयोजना गरिएको प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानका महासचिव हेलिस मोक्तानले जानकारी दिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







