Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

प्रितकुमार मोक्तान स्मृति फुटबलमा सिद्धबाबा र मोडर्नको विजय सुरुवात्

21733447-soccer-ball-on-s-1635553418.jpg

google

१२ कार्तिक, हेटौंडा । शहीद प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–१ मा शुक्रबारबाट फुटबल प्रतियोगिता सुरु भएको छ । 
प्रतियोगितामा सिद्धबाबा युवा क्लव मनहरी–३ र मोडर्न यूथ क्लव मनहरी–१ ले विजय यात्रा सुरु गरेका छन् । उद्घाटन खेलमा सिद्धबाबाले क्रिश्चियन समाज युवा क्लव ज्यामिरेलाई टाइब्रेकरमा हराएको हो । खेलमा सिद्धबाबाबका गोलरक्षक सुरेश गोङ्बा म्यान अफ द म्याच भए । 
यस्तै दोस्रो खेलमा चुरियामाई युवा क्लवलाई २–१ गोलले हराउँदै मोडर्न यूथ क्लव विजयी भएको छ । खेलमा मोडर्नका सन्जिव स्याङ्तान म्यान अफ द म्याच भए । प्रतियोगितालाई मनहरी गाउँपालिका–१ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले उद्घाटन गरेका हुन् । 
प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानका उपाध्यक्ष माधव उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा ९ नम्बर वडा सभापति वीरेन्द्र लामा, कार्यक्रम संयोजक सागर जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
२६ वटा क्लवको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शहीद प्रितकुमार मोक्तानको योगदानलाई जीवन्त राख्दै खेलकुदको विकास र युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापित गर्न फुटबल प्रतियोगिता आयोजना गरिएको प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानका महासचिव हेलिस मोक्तानले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार