Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षक संघ मकवानपुरको चियापान तथा शिक्षक सम्मान कार्यक्रम

Screenshot_20211030-16133-1635589869.jpg

१३ कार्तिक, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरले शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान, शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  

शिक्षक संघ मकवानपुर अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय 'डिना'को प्रमुख आतिथ्यतामा  चियापान, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि 'डिना'ले समाज परिवर्तनमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउदै,शिक्षकले गरेको त्यागलाई सम्मान गर्नुपर्ने बताइन । 

कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न विद्यालयमा कार्यरत तथा सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गरिएको छ। शिक्षक संघ मकवानपुरले शिक्षकहरू प्रमोद विडारी, राजेश घिमिरे, गोविन्द पोखरेल, नरहरीनन्द उप्रेती, पुष्कर केसी, गंगनदेव चौरसीया, सन्तविर पाख्रिन, मिरा गोर्खाली, सुभद्रा पाण्डे, ईन्द्रबहादुर गोले, सरस्वती शिवाकोटी, सुनिता भट्टराई, रमेश सुवेदी, अरूण कुमार सिंह, सारदा दाहाल न्यौपाने, कृष्ण माया लटौला, मदन लामिछाने, ज्ञानु पौडेल, शंकर पराजुली, अप्सरा देवकोटा, राजेश्वर देवकोटा, विभा झा, गंगा चिमोरिया, राजेन्द्र बर्तौला, रंजन कठायत लगायत ५० जना शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा, बागमती प्रदेश सदस्य स्वेता कोइराला, नेपाली कांग्रेस मकवानपुर शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल, हेटौंडा -६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य, शिक्षक संघ मकवानपुर उपाध्यक्ष गणेश प्रसाद हुमागाई, सचिव टिका प्रसाद दाहाल, शिक्षक संघ हेटौंडा नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौला लगायतकाले दीपावली, नेपाल सम्वत, छठ पर्वको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षक संघ मकवानपुरका प्रदेश,संघिय कार्य समिति तथा स्थानीय तह अन्तर्गतको विभिन्न पदमा रहेका शिक्षकहरूको सहभागी रहेको थियो।

Screenshot_20211030-16135-1635589871.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार