Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणेशमानको स्मृतिमा बिचार गोष्ठी

1-1505734816.jpg

२ असोज, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।
काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकार अशोक शाक्य, वन विज्ञान अध्ययन संस्थान हेटौंडाका क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले गणेशमान सिंहले राष्ट्रियरुपमा देशको लागि पु¥याएको योगदानको चर्चा गरेका थिए । 
जिल्ला पार्टी कार्यालयमा भएको गोष्ठीमा वक्ताहरुले लौहपुरुषका नामले समेत चिनिनु भएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गर्नुभएको बताउँदै आन्दोलनका क्रममा पटक/पटक हेटौंडा आउने र मकवानपुरसंग खास नाता राख्नुभएका सिंहमाथि २०३६ सालमा मालेद्वारा हाल भुटनदेवी स्कुल रहेको स्थानमा हातपात गरेको घटनासमेतको स्मरण गरेका थिए ।
२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घच्याएका थिए । 
आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
गोष्ठीमा जिल्ला सदस्य अमृता थापा मगर, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, महाधिबेशन प्रतिनिधी ईश्वर पण्डित, जानुकी लामा, महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल अध्यक्ष ईश्वर पाठक, तामाङ संघका अध्यक्ष चम्फुरत्न लामा, किसान संघकी अध्यक्ष लक्ष्मी गौतम, भूतपूर्व शैनिक संघका अध्यक्ष हरीबहादुर रायमाझी, हेटौंडा उपमहानगरपालिका ७ र ८ का सभापतिहरु दामोदर गौतम र रत्नमणी वगाले, महिला संघ सचिव निलम देवकोटा, तरुण दल सचिव सचित थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

2-1505734816.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार