Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विमा रकम दावि गर्न त्रिशुलीमा ट्रक खसाल्ने पक्राउ

Jilla-Police-1505736299.jpg

२ असोज, हेटौंडा । मकवानपुर प्रहरीले विमा रकम दावि गर्न सामान लुकाई ट्रक त्रिशुलीमा खसाल्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर मनहरी–५ का उज्वल कँडेल, नक्कली योजना बनाउने हेटौँडा–११ का २८ बर्षिय सन्तोष खत्रि, नक्कली ट्रक साहु बन्ने हेटौँडा–१९का २२ बर्षिय निर्मल सुवेदी, सामान विभिन्न व्यक्तिको घरमा स्टोर गर्न लगाउने हेटौँडा–१३ का २४ बर्षिय मणी लामा रहेका छन् । उनीहरुले नवलपरासी भेडाबारी स्थित गोर्खा ब्रुअरीबाट ना ५ ख  ७२९७ को ट्रकमा १,४०० कार्टुन टुवर्ग बियर काठमाण्डौ पुर्याउन गएको र चितवनको गितानगरमा अर्को ट्रकमा सामान पल्टि गरी ईच्छा कामना जलबिरेमा ट्रक त्रिशुलीमा खसालेका थिए ।

घटनाबारे शंका लागि अनुसन्धान गर्दा विमा रकम दावि गरी ठगि गर्ने उद्देश्यले घटना गराएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
घटना बिवरण
१. बियर र ट्रकको बिमा वापतको रकम ठगी गरी खाने उद्देश्यले योजना बनाई जि. चितवनको ईच्छा कामना गा.पा. जलबिरे स्थित त्रिशुली नदिमा ट्रक दुर्घटना गराई खसाल्न जिल्ला मकवानपुर हे.उ.म.न.पा. ११ बस्ने वर्ष २८ को सन्तोष खत्री (ट्रक चालक) र जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ५ बस्ने उज्जवल कडेल दुबै जना मिति २०७४।०५।२० गते अं. १३:०० बजे दुर्घटना गराउने ठाउँको अवलोकन गर्न गएको । (सो ठाउँ सन्तोष खत्रीले देखाएको)

२. ना.५ ख. ७२९७ को ट्रक मिति २०७४।०५।२५ गते अं. १६:३० बजे नवलपरासी भेडाबारी स्थित गोर्खा ब्रुअरी बाट १,४०० कार्टुन टुवर्ग बियर काठमाण्डौ पुर्याकउन भनि लिई हिडेको तर काठमाण्डौ नपुर्यागई चितवनको गितानगरमा नाम नम्वर थाहा नभएको अर्को ट्रकमा (१९:०० बजे देखी २२:०० बजे सम्म) १२०० कार्टुन पल्टी गरेको, २०० कार्टुन सोही ट्रकमा राखेको ।

३. सो नाम थर थाहा नभएको भाडाको ट्रक २०७४।०५।२६ गते हे.उ.म.न.पा. ११ थानाभर्याभङमा आई बसी भोली पल्ट मिति २०७४।०५।२७ गते सो १२०० कार्टुन हेटौडा उपमहानगरपालिका वडा नं. २ नयाँ मनकामना रोड कुमाणमणी दहालको घरमा लुकाई राखेको ।

४. सो सामान मिति २०७४।०५।३१ गते जिल्ला मकवानपुर हे.उ.म.न.पा. १३ पदमपोखरीमा लुकाई छिपाई राखेको ।

५. मिति २०७४।०५।२६ गते ना.५ ख. ७२९७ को ट्रक जि. चितवन ईच्छा कामना गा.पा. जलबिरेमा जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ५ बस्ने वर्ष ३० को उज्जवल कडेलले ११:०० बजेको समयमा खसाली ११:१५ बजे निर्मल सुबेदी लाई (नक्कली साहु) खवर गरेको र निज साहुले ई.प्र.का. मुग्लिनमा जानकारी गराएको ई.प्र.का. मुग्लिनले अनुसन्धान कार्य जारी राखेको र मिति २०७४।०५।२६ गते बेलुका ई.प्र.का. मुग्लिनमा निर्मल सुबेदीले बिमाको रकम पाउने उद्देश्यले निबेदन दिएको ।

६. दुर्घटना पश्चात पनि चालक उज्वल कडेललाई कुनै चोटपटक नलागेको देखी शंका हुन्छ काम सफल नहुन सक्छ भनि मिति २०७४।०५।२७ गते निर्मल सुबेदीलाई सन्तोष खत्रीले भनि निर्मल सुबेदीले उज्वल कडेललाई भाडा पसलमा लगी चक्कु किन्नुका साथै कपडा पसलमा गई ब्यान्डेज कपडा समेत किनी भरतपुर यातायात कार्यालय चौबिसकोटी नजिक झाडीमा गई बाँया खुट्टाको घुडा माथी चक्कुले निर्मल सुबेदीले जानाजान काटी नेशनल मेट्रोसिटी अस्पतालमा लगी ६ टाका लगाएको ।

७. उक्त घटना बनावटी जस्तो लागेकोले प्रहरी बाट गोप्य अनुसन्धान जारी रहेको अवस्थामा सुचना प्राप्त गरी २०७४।०६।०१ गते जिल्ला मकवानपुर हे.उ.म.न.पा. १३ पदमपोखरी मणी लामाको घरमा ५३७ कार्टुन र सोही स्थानका बुद्ध तामाङको घरमा ४२३ कार्टुन टुवर्ग बियर गरी जम्मा ९६० कार्टुन मुल्य रु. ३७,००,००० बराबरको बियर बरामद भएको अन्य बाँकी बियरको अनुसन्धान हुदै ।

८. निज चालक र नक्कली साहुले बिमा वापतको रकम ठगी गरी खाने मनसायले योजनाबद्ध रुपमा उल्लेखित घटना घटाएको बुझिएको ।
९. उक्त ट्रक हाल सम्म पनि त्रिशुली नदि मै रहेको भन्ने बुझिएको ।

१०. जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्र.नि. को कमाण्डमा खटिएको प्रहरी टोली द्धारा ९६० कार्टुन बियर र घटनामा संलग्न व्यक्तिहरु पक्राउ भएको ।
 जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ५ बस्ने वर्ष ३० को उज्वल कडेल (ट्रक दुर्घटना गराउने चालक )
 हे.उ.म.न.पा. ११ बस्ने वर्ष २८ को सन्तोष खत्री (सबै नक्कली योजना बनाउने) , 
 जिल्ला मकवानपुर हे.उ.म.न.पा. १९ बस्ने वर्ष २२ को निर्मल सुबेदी (नक्कली ट्रक साहु बनेको ब्यक्ति)
 जिल्ला मकवानपुर हे.उ.म.न.पा. १३ बस्ने वर्ष २४ को मणी लामा (बियर बिभिन्न व्यक्तिको घरमा स्टोरेज गर्न लगाएको)
सो घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको, साथै आवश्यक कारवाही तथा अनुसन्धानको लागी बरामद गरिएको बियर ९६० कार्टुन, र पक्राउ गरिएका ४ जना मानिसहरुलाई जि.प्र.का. चितवन पठाईएको ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार