Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

आईसीसी टि–२० क्रिकेटः इंग्ल्यान्ड सेमिफाइनलमा

329688-1635811444.jpg

१६ कार्तिक, हेटौंडा । इंग्ल्यान्ड आईसीसी टी– विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ  । सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाएको इनिङ्समा कप्तान डसुन शनकाले २६, भानुका राजपाक्षेले २६, चारिथ असलंकाले २१ र अभिस्का फर्नान्डो १३ रन बनाए ।
इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २÷२ विकेट लिए । लियाम लिभिङस्टोन र क्रिस वोक्सले १÷१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोस बट्लरले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनी जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।
यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए । जासन रोयले ९, डाविड मालनले ६ तथा मोइन अलीले अविजित १ रन बनाए । जोनी बेयर्स्टो भने सुन्य रनमा आउट भए । श्रीलंकाका  वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।
जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ । अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो । श्रीलंकाको भने यो तेस्रो हार हो । श्रीलंका ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार