Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

आईसीसी विश्वकप टी–२०ः पाकिस्तान सेमिफाइनलमा

1635904931pakistan-1635908688.jpg

१७ कार्तिक, हेटौंडा । पाकिस्तान आईसीसी विश्वकप टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
मंगलबार राति नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो । पाकिस्तानले समूह चरणको खेलमा लगातार चार खेलमा जित निकाल्दै आफ्नो समूहबाट भने सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।
१ सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले ५ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । नामिबियाका डेभिड विसले नटआउट ४३ रन बनाएको इनिङ्समा क्रेग विलियम्सले ४० रन बनाए । ओपनर स्टेफन बार्डले २९ रन बनाएपनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका हसन अली, इमाद वासिम, हरिस रर्फ र सादब खानले समान एक एक विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७९ रनको योगदान गरे । कप्तान बाबर आजमले ७० रन जोड्दा मोहम्मद हफीजले ३२ रनमा आउट भए । नामिवियाका डेभिड वाइजी र जान फ्रायलिङकले एक–एक विकेट हात पारेका थिए ।
समूह बीमा पाकिस्तानले ४ खेलबाट ८ अंक जोड्यो र एक खेल कम खेलेको अफगानिस्तानसँग ४ अंकको अग्रता लिएको छ । नामिबियाले प्रतियोगितामा एक जित सहित २ अंक जोडेको छ । न्युजिल्याण्डले दुई खेलबाट मात्र २ अंक जोडेको छ । सोही समुहमा भारत र स्कटल्याण्डले दुई खेल खेलेका छन् तर अंक विहीन छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार