Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संविधान कार्यान्वयनमा जोड

Sambidhan-Diwas-1505826442.jpg

३ असोज, हेटौंडा । संविधान कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्नेमा मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् । 
संबिधान दिबसको अबसरमा मंगलबार जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका वक्ताहरुले जनताको बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनमा सबै एक जुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै मकवानपुर ३ नं. क्षेत्रका सांसद अनन्त पौडेलले नेपालको नयाँ संविधान उत्कृष्ट हुँदाहुँदै पनि अस्थिरता रोप्ने ठाउँ भने अझै  बाँकी रहेको बताए । उनले प्रत्यक्ष कार्यकारीको व्यवस्था संविधानलले नगरेसम्म देशमा स्थिरता आउन नसक्ने बताए । 
हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले संविधान कार्यन्वयन गर्ने जिम्मेवारी जनप्रतिनिधिहरुको काँधमा आएको भन्दै यसको सफल कार्यान्वयनका लागि आफूहरु लागि पर्ने बताईन् ।
कार्यक्रममा नेपाली काँग्रेसका सल्लाहकार अशोक शाक्य, नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्रका कमानसिं पाख्रिन, प्रमख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला समन्वय समितिका संयोजक रघुनाथ ख्लालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
यसअघि हेटौडाको सिमाचोकबाट प्रभातफेरीको ¥याली निकालिएको थियो । ¥यालीमा राजनीतिकदलका प्रतिनिधि, पत्रकार सरकारी कार्यालयका कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधि आदिको सहभागिता रहेको थियो । साँझ हेटौडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ ।
यस्तै, हेटौँडा–७ नागस्वतिमा पनि वडा कार्यालयको आयोजनामा दिप प्रज्वलन भएको छ । कार्यक्रममा वडा अध्यक्ष राजन थापा, मकवानपुर उद्योग संघका अध्यक्ष नवराज अर्याल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार