Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

टी–२० विश्वकपः भारतको सेमिफाइनल सम्भावना कायमै

india-win-virat-1536x811-1636162950.jpg

२० कार्तिक, हेटौंडा । स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको छ ।
स्कटल्यान्डले दिएको ८६ रनको झनिो लक्ष्य भारतले ६ ओभर ३ बलमा केवल दुई विकेटको क्षतिमा पुरा गर्दै अन्तिम चारको सम्भावना जिवितै राखेको हो ।
भारतलाई जित दिलाउने क्रममा केएल राहुलले ५० रन रोहित शर्माले ३० रन जोडे । स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट हात पारे । यस अघि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन सक्यो ।
स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । भारतका मोहम्मद सामी र रविन्द« जडेजाले समान तीन–तीन विकेट हात पारे । जसिप्रत बुमराहले दुई तथा रविचन्द«न आश्विनले एक विकेट लिए ।
जितसँगै भारतले चार खेलबाट चार अंक जोडेको छ । भारतले दुई खेलमा जित र दुई खेलमा पराजय भोगेको छ ।
यस समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रनरेटमा भारत अघि छ ।
यता स्कटल्यान्डले भने खेलेका चारवटै खेलमा पराजय भोगेको छ । भारतले आफ्नो अन्तिम खेल नामिविया तथा न्यूजिल्यान्डले अफगानिस्तानको सामना गर्नेछ । अब भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिवियालाई ठूलो अन्तरले पराजित गर्नुपर्छ साथै अफगानिस्तानले न्यूजिल्यान्डमाथि जित निकाल्नुपर्छ । साथै रनरेट भारतको पक्षमा हुनुपर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार