Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निजी आवास पुनर्निर्माणका लागि २९ करोडभन्दा बढी रकम निकासा

NRA_office_1wHAqjtkF5.JPG-1636257937.jpg

२१ कार्तिक, हेटौंडा । सरकारले मनसुनजन्य विपद् प्रभावित २२ जिल्लाका नागरिकलाई निजी आवास पुनर्निर्माणका लागि २९ करोडभन्दा धेरै रकम निकासा गरेको छ । 
‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७’ कार्यान्वयनका लािग सरकारबाट प्राप्त भएको ३० करोड ४५ लाखबाट विपद् व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बराबरको उक्त रकम निकासा गरेको हो ।
गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दी, धनकुटा, भोजपुर, बाजुरा, बागलुङ, दार्चुला, तनहुँ, नुवाकोट, सिन्धुपाल्चोक लगायत जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीलाई अघिल्लो आर्थिक वर्षमा रकम पठाइएको प्राधिकरणका उपसचिव डा. डिजन भट्टराईले जानकारी दिए ।
२२ मध्ये मनसुनजन्य विपद्बाट कालिकोटका ९ सय ४७ घरपरिवार प्रभावित भएको पाइएको छ भने अघिल्लो आर्थिक वर्षमा सबैभन्दा थोरै बझाङमा २२ घरपरिवार प्रभावित भएका छन् । गत असार १ देखि १५ गतेसम्म भएका विपद्जन्य घटनाबाट प्रभावित बिभिन्न ८ जिल्लाका ५ सय ७३ घरपरिवारका लागि २ करोड ८६ लाखभन्दा धेरै रकम प्राधिकरणले पठाएको छ । 
बस्ती स्थानान्तरणका लागि प्राधिकरणले गुल्मीमा २६ घर, धनकुटामा ९७ र लम्जुङमा ७४ घरपरिवारलाई घडेरी अनुदानका लागि २ करोडभन्दा धेरै रकम पठाएको छ । 
२०७८ सालको मनसुनजन्य विपद्बाट प्रभावित निजी आवास अन्तर्गत कार्यविधिले तोके बमोजिम संघीय सरकारतर्फको लागत सहभागिताका आधारमा अस्थायी आवास निर्माणका लागि अनुदान, प्रवलीकरणका लाभग्राहीलाई प्रवलीकरण अनुदान, पुनर्निर्माणका लाभग्राहीलाई पहिलो, दोस्रो र अन्तिम किस्ता बापतको अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाउने प्राधिकरणले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार