Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कुलेखानी ड्यामको पानी 'ओभर फ्लो'

Overflow-kulekhani-1636353468.jpg

२२ कार्तिक,हेटौंडा। मनसुन सकिएपनि जलाधार क्षेत्रमा लगातारको बर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ मा  रहेको कुलेखानी जलविद्युत आयोजनाको ड्यामबाट पानी ओभर फ्लो भएको छ। 

नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत आयोजनाको कुलेखानी ड्यामबाट  २०७२ सालपछि पानी भरिएर ओभर फ्लो भएको हो। 

३ सय मिटर चौडाई र ७ किलोमिटर लम्बाई रहेको सरोवरमा पानीको तह १ हजार ५ सय ३० पुगेमा"ओभर फ्लो" हुने हुँदा कार्तिक ४ गतेबाट निरन्तर ओभर फ्लो भइरहेको छ।सोमबार बिहान इन्द्रसरोवरको ड्याम पानीको तह १ हजार ५ सय २९ मिटर ९८ सेन्टिमिटर मापन गरिएको र पानी ओभर फ्लो भइरेहको कुलेखानी प्रथमका आयोजना प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिएका छन।जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर छ।   

मकवानपुरको थाहा नगरपालिकाको दामन,पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन्। लक्ष्मीपुजाको दिन माग अनुसार २ घण्टा मात्र आयोजनाबाट विद्युत उत्पादन गरिएको थियो।त्यस यता कुलेखानी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छैन। 

ड्याममा संकलन गरिएको १ हजार  ४ सय ८४ मिटर सम्मको पानीबाट विद्युत उत्पादन गर्न मिल्छ। जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ।आयोजनाको ड्याममा संकलन गरेको पानीबाट तिनवटा विद्युत गृहबाट क्रमश ६०,३२ र १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुदै आएको छ। 

ड्याममा क्षमता भन्दा बढी करिब ५० सेन्टिमिटर पानी बोरा राखेर पानी संकलन गर्ने गरिएपनि २०७२ सालको भुकम्पले ड्याम चर्किएपछि बोरा राखेर पानी संकलन गर्न बन्द गरिएको थियो। 

Screenshot_20211108-12150-1636353469.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार