Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईसीसी टी–२०ः पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

StoinisWadejpg-1636676575.jpg

२६ कार्तिक, हेटौंडा । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे ।अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए । मिचेल मार्सले २८ रन बनाए । स्टेभन स्मिथले ५, ग्लेन म्याक्सवेलले ७ रन बनाए । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।
यसअघि, दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेलेका थिए । रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ४ छक्काको मदतले सो रन बनाए । जमान ५५ रनमा नटआउट रहे । उनले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।
कप्तान बाबर आजमले ३९ रनको योगदान दिए । उनले ३४ बलमा ५ चौकाको मदतले सो रन बनाए । सोएब मलिक एक, आशिफ अली शुन्य रनमा पोविलियन फर्कदा मोहमद हाजिफ १ रनमा अविजित रहे । अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिएका थिए । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार