२६ कार्तिक,हेटौंडा। साघुरा सडक र अव्यवस्थित ट्राफिक प्रणालीले गर्दा मकवानपुरका सडकमा दैनिक सवारी दुर्घटना हुने थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुर्घटना न्यूनिकरणका लागि सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहीबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायसँग छलफलको आयोजना गर्दै छलफलले दुर्घटना न्यूनिकरणका लागि केही निर्णय गरेको छ।
ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापस)को चेकजाँचलाई कडाइका साथ प्रजिअ सहित सरोकारवाला निकायमा प्रतिनिधिले दुर्घटना न्यूनिकरणका उपायलाई कार्यान्वयन गर्ने,मापसे गरेर सवारी चलाउने चालकमाथि तत्काल कारबाही गर्ने जस्ता निर्णय गरेको हो।
छलफलले लामो दूरीका सवारी साधनले अनिवार्य रुपमा २ जना सवारी चालक राख्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरसँग आवश्यक समन्वय गरी ३र३ महिनामा कम्तिमा एकपटक सडक सचेतना एवं दुर्घटना न्यूनीकरण सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
त्यसैगरी हेटौंडा हुदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग भैंसे-भीमफेदी-कुलेखानी-फाखेल र सिस्नेरी सडक खण्डमा चल्ने सुमो र अन्य सार्वजनिक यातायातमा टाईम कार्ड लागू गरिने भएको छ।
त्यसैगरी दुर्घटनाका कारक ईरिक्सा र अटोहरू पनि रहेकोले ई रिक्सा र अटोलाई बजारको मुख्य सडकमा प्रवेश नगरी सहायक सडकमार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले बताएका छन।सबै निर्णय कार्यान्वयन भए नभएको हेर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले नियमित रुपमा अनुगमन गर्ने सिडिओ पाण्डेले बताए।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...




-1794097986.jpg)












