२७ कार्तिक, हेटौंडा। हेटौंडेली गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलले स्वर दिएको कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई समेटिएको ‘हे दैव’ गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोको हेटौंडामा शनिबार एक समारोहका बीच सार्वजनिक गरिएको हो । गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक भिडियोमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ। सार्वजनिक गरिएको भिडियो हेटौंडा उपमहानगरपालिका ६ नम्वर वडा कार्यालयको सहयोगमा स्टेट भिजन प्रालिले तयार पारेको हो ।
शनिबार पत्रकार सम्मेलन मार्फत भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुनप्रसाद चौँलागाईले जनमानसमा कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सचेतना पुर्याउने र स्थानीय कला संस्कृतिको जगेर्णा गर्ने उद्धेश्यले म्यूजिक भिडियो निर्माण गर्न वडाको तर्फबाट पनि सहयोग गरिएको बताएका छन् । उनले सामाजिक उत्तरदायित्वलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको सो भिडियोले वडावासीहरुमा मात्र नभई देशैभर एउटा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै समाजप्रति सचेतना पुर्याउने उद्धेश्यले म्यूजिक भिडियो निर्माणमा सहयोग पुर्याएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे ।
स्टेट भिजन प्रालिका गिरिजा अधिकारीको सभाध्यक्षतामा सम्पन्न सार्वजनिक कार्यक्रमको सहजिकरण पत्रकार बलराम पुडासैनीले गरेका थिए । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा संगीतकारहरु तुल्सी गौतम, प्रविन्द्र महर्जन, मनोज शाही, गायक उत्सव चौलागाई, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...
२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...
२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...
२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...