३ मंसिर, हेटौंडा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो बनाएको हो ।
नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउन केवल ५५ रन जोड्न सक्यो । उसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे । नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १÷१ विकेट हात पारे ।
यस अघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल बनाएको थियो । टी–२० अन्तराष्ट्रियमा नेपाली महिला टोलीले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।
नेपालको लागि सिता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । सिताको यो पहिलो टी–२० अन्तराष्ट्रिय अर्धशतक हो । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाईन् । काजल श्रेष्ठ १२ रनमा आउट हुँदा सरिता मगर १७ रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १÷१ विकेट लिईन् ।
योसँगै नेपालले आफ्नो पहिलो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको छ । यस अघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।
आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको हो । विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै शुक्रबार दुबई प्रस्थान गर्ने छन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







