Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मकवानपुर प्रतिनिधिसभा-१ को मतपरिणाम सार्वजनिक (मतसहित)

Jeet-congress-1637631632.jpg

७ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिका लागी भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

मंगलबार विहान सम्पन्न मतगणना अनुसार क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागी भएको मतदानबाट प्रत्यक्ष खुलातर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ सर्वाधिक मत सहित निर्वाचित भएका छन् । उनले ६७६ मत प्राप्त गरेका छन् । 

यसैगरी प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली (६११), अमृतकुमार लामा (५७७), बिष्णु कुमार लामिछाने (४९३), दिनेश उपाध्याय (४८६), रघु रमण न्यौपाने (४८४), प्रभात कुमार दाहाल (४५५), माइक रामचन्द्र अर्याल (४५५), राम बाबू बानियाँ (४४१) र ताराचन्द्र बजगाई (४०५) विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागी प्रत्यासी रहेका शेर बहादुर लामा (३९६), राजु खतिवडा (३८९), होम नाथ गौतम (३०७) र चोक बहादुर ठाडा मगर (२६९) मत प्राप्त गरेका थिए । 

यसैगरी खुल्ला महिला तर्फ उर्मिला पुलामी (५९७), प्रबित्रा बिक (५८३), अन्जना उपाध्याय (४८७) र मिरा बन्जारा (४७२) विजयी भएका छन् । महिला खुल्लामा प्रत्यासी रहेकी नेपाली कांग्रेसकी नेतृ रिता खनाल भने पराजित भएकी छन् । उनले ३८८ मत प्राप्त गरिन । 

यस्तै प्रत्यक्ष जनजाती खुला तर्फ भएको मतदानबाट चम्पुरत्न लामा (४९६),  अशोकराज शाक्य (४५६) शुभात थिङ ४७० विजयी विजयी भएका छन् । यसैगरी क्षेत्रिय समतिको सचिवमा दोर्जे लामा स्याङतान ५५४) र कविन संगामी (४९९) विजयी भएका छन् । सचिवका अर्का प्रत्यासी रमेश ढकालले २५५ मतपाएका छन् । 

यसअघि सोमबारनै क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका थिए । सभापतिका लागी उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल संघीय सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी समितिको क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध भएका छन् । यसैगरी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् भने खस आर्य महिलातर्फ राधा कोइराला, जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा तथा दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध निर्वाचित भएका छन् । सचिव पद र महाधिवेशन प्रतिनिधिका लागी प्रत्यक्ष खुल्ला, महिला खुल्ला र जनजाती पुरुष खुल्लामा मतदान भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार