final-1638880502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने तयारी

5e9e35ab35ca0_5e466c6b1e0-1637799253.jpg

९ मंसिर, हेटौंडा । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको आग्रहमा आज विहीबार फुलकोर्ट बस्ने भएको छ । बुधबार बसेको असन्तुष्ट न्यायाधिशहरूको फुलकोर्ट बैठक राख्न आग्रह गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायधिसहरूको हिजो बुधबार बैठक बसेको थियो । बैठकले आज बिहीबार फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।
अघिल्लो साताको फुलकोर्टले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेको थियो । त्यसलाई १५ मंसिरबाट कार्यान्वयनमा लैजानका लागि सूचना प्रकाशनलगायतका आवश्यक तयारी गर्ने निर्णय हिजो बैठकले गरेको हो । 
न्यायाधीशहरूले यस विषयमा सर्वोच्च प्रशासनका कर्मचारीहरूसँग समेत छलफल गरेका थिए । पछिल्लो निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रुपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । 
उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्नेछन् । प्रधानन्यायाधीशले समितिको अध्यक्षता गर्ने गरी भएको नियमावली संशोधनमा न्यायाधीशहरू आफैं अल्मलिएका थिए । यद्यपि, उनीहरू निर्णय कार्यान्वयनमा लैजान तयार भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
एमसीसी सम्झौता पास नगर्न एकीकृत माओवादीको चेतावनी
Mao-1638885461.jpg

२१ मंसिर, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले एमसीसी सम्झौता पास नगर्न चेतावनी दिएको छ...

कांग्रेस बागमती प्रदेशको ४५० को मतगणना (नामावलीसहित)
congress-1-1638883427.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४५० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

कांग्रेस बागमती प्रदेशको २०० को मतगणना (नामावलीसहित)
Screenshot_20211207-16282-1638873889.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा २०० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टर कार्वाहीमा
FB_IMG_1638870490910-1638871265.jpg

२१मंसिर,हेटौंडा। मकवानपुरमा अनधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टरलाई नियन्त्रणमा परेका...

मंगलबार मकवानपुरमा ३ जनामा कोरोना
1620560666_corona-1638870467.jpg

२१मंसिर,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय...

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन 
rajdut-nepal-1638839991.jpg

२१ मंसिर, हेटौंडा । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको...

टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा यथावत 
16133945501613394550-1638838731.jpg

२१ मंसिर, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले...

काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि 
FotoJet-21-1638838544.jpg

२१ मंसिर, हेटौंडा । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । प्रदेश २ का...

‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित चिकित्सकको निगरिानीमा
4644-1638838210.jpg

२१ मंसिर, हेटौंडा । नेपालमा पहिलोपटक भेटिएका कोरोनाको ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित दुबै जनालाई चिकित्सकको...

थप समाचार
received_4248489671868048-1622949503.gif