१२ मंसिर, हेटौंडा । बागमती प्रदेशका ६७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पुरा डोज खोप लगाएका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाको खोप लगाउने लक्षित उमेर समूह १८ बर्ष माथिका ६७ प्रतिशतले कोरोनाविरुद्धको पुरा डोज खोप लगाएका हुन् । बागमती प्रदेशका १३ जिल्लामा २८ लाख ४० हजार ६ सय ८५ जनाले कोरोनाविरुद्धको भेरोसेल, कोभिसिल्ड र जोनसनको पुरा डोज खोप लगाएका छन् । त्यसैगरी, पहिलो मात्रा खोप लगाउनेको संख्या १४ प्रतिशत रहेको छ । प्रदेशका ५ लाख ९५ हजार २० जनाले भेरोसेल, कोभिसिल्ड वा फाइजरमध्ये कुनै एक खोप पहिलो डोज खोप लगाएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।
१८ बर्ष माथिका खोप लगाउनु पर्ने १४ प्रतिशतले अझै पनि खोप लगाएका छैनन् । प्रदेशका १३ जिल्लामा १८ बर्ष माथिका ८ लाख २२ हजार ७ सय २ जनाले अझै पनि कोरोनाविरुद्धको कुनै पनि डोज नलाएको मन्त्रालयको भनाई छ । मन्त्रालयले लक्षित बर्गका सबैलाई खोप लगाउन उत्प्रेरित गरिरहेको र यसका लागि मन्त्रालय अन्तरगतका सबै स्वास्थ्य संस्थालाई परिचालित हुन निर्देशन दिएको स्वास्थ्य मन्त्री निमा लामाले बताए ।
खोपको पहुँच बाहिर रहेका १८ बर्ष माथिका नागरिकलाई खोप लगाउने वातावरण निर्माण गर्न सबै जिल्लाका स्वास्थ्य इकाई, जनप्रतिनिधि र नागरिक समाजले समन्वय गर्नुपर्नेमा उनको जोड छ । सबैलाई खोप सुनिश्चित गर्न मन्त्रालय तत्पर रहेको भन्दै कुनै कारणबश छुटेकाहरुलाई खोप अभियानमा सहभागी गराउन उनले आग्रह समेत गरेका छन् ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)