Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्राकृतिक न्यायको सिद्धान्त अनुसार मेरो समर्थन बानियाँलाईः प्रधान

दोस्रो चरणको मतदान शुरु

IMG_6047-Copy-1638686587.JPG

१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई अर्का उम्मेदवार भीमसेन दास प्रधानले समर्थन गरेका छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका प्रधानले दोस्रो चरणको निर्वाचनमा बानियाँलाई समर्थनको घोषणा गरेका हुन् ।

हेटौंडाको बालकुमारी पार्टी प्यालेसमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानले प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफुले बानियाँलाई समर्थन गरेको बताए । उनले पहिलो चरणको निर्वाचनका क्रममा प्रतिनिधिले सबैभन्दा बढि मत बानियाँलाई दिएकाले उनलाई समर्थन गर्नु प्राकृतिक न्यायको सिद्धान्त अन्तरगत पर्ने बताए । उनले बानियाँलाई मतदाताले रुचाईसकेकाले सबैलाई दोस्रो चरणमा उनलाई नै विजयी गराउने विश्वास समेत व्यक्त गरे । उनले आफु सधैं सहमति सहकार्य र एकताको पक्षमा रहेको समेत बताए ।

कार्यक्रममा सभापतिमा सर्वाधिक मत ल्याएका बानियाँले आफुले प्रधानको लामो राजनैतिक अनुभवलाई सदुपयोग दृढताका साथ कांग्रेसको संगठन सृदृढिकरण अभियानमा लाग्ने बताए । उनले आफु र प्रधान यसपछिका अभियानमा पनि सहकार्य गर्दै जनजन र मनमनमा कांग्रेसलाई पुर्याउन लागि पर्ने बताए ।
पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना लगायतका प्रदेश र जिल्लास्तरका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमपछि प्रधान र बानियाँसहितको र्याली अधिवेशनस्थलतर्फ लागेको छ । पहिलो चरणमा पहिलो बढि मत ल्याएका बानियाँ र दोस्रो बढि मत ल्याएका जगदिश्वर नरसिंह केसीबीच दोस्रो चरणमा मतदान हुँदैछ । वन बिज्ञान अध्ययन संस्थानमा मतदान शुरु भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार