३२ साउन, काठमाडौं । मतदाता नामावलीबारे विवादका कारण लम्बिएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा बुधबार मतदान हुने भएको छ । नेविसंघको चुनावी प्रक्रिया मंगलबार शुरु भएकाले बुधबार मतदान हुने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । उम्मेदवारको पहिलो नामावली प्रकाशन दिउँसो २ बजे हुनेछ । दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय रहने छ भने उम्मेदवारको नामावली दोस्रो पटक साढे ३ बजे प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधका लागि दिउँसो ३ देखि साढे ३ बजेसम्मको समय तोकिएको छ । दावी विरोध उपर जाँचबुझपछिको उम्मेदवारीको नामावली प्रकाशन अपरान्ह ४ बजे हुनेछ । उम्मेदवारीको नाम फिर्ताका लागि अपराह्न साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुनेछ ।
कार्यतालिका अनुसार बुधबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ । मतदानका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी नगर तय गरिएको छ । महाधिवेशन साउन २३ गतेबाट शुरु भएको थियो ।
अध्यक्षमा ८ जनाको उम्मेदवारी
नेविसंघको नेतृत्वका लागि ८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेन्द्रसिंह ठकुरी, बच्चन कार्की, आनन्द त्रिपाठी , लक्ष्मण आचार्य र पदमराज पन्तले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना सदस्यका लागि निर्वाचन हुने छ । नेविसंघको नयाँ बिधानअनुसार, १ सय ५१ सदस्यीय केन्द्रीय कमिटिमा १ सय २९ पदका लागि निर्वाचन हुनेछ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


