Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरी चौकीद्वारा सुरक्षाबारे छलफल

police-1505992899.jpg

५ असोज, चौघडा । हेटौँडा–६ मा रहेको प्रहरी चौकी चौघडाले चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीतिबारे विहिबार सरोकारवालाहरुसँग छलफल गरेको छ । विजया दशमी, शुभ दिपावली र छठको अवसरमा शुभकामना आदानप्रदानसहित चाडपर्व लक्षित सुरक्षा रणनीतिबारे छलफल गरेको हो । 
कार्यक्रममा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्तबहादुर कुमालले चाडपर्वमा हुनसक्ने सुरक्षा चुनौति र सामनाका रणनीतिबारे अवगत गराएका थिए । उनले चाडपर्वको समयमा मादकपदार्थ एवं लागुऔषध सेवन, सवारी दुर्घटना, चोरी, लुटपाट जस्ताका घटना बढि हुने भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सूचना उपलव्ध गराईदिन आग्रह गरे । उनले चाडपर्व रणनीति अनुसार प्रहरी परिचालनमा प्रतिवद्ध रहेको भन्दै नागरिक समाजबाट पनि आप्mनो क्षेत्रमा हुने सुरक्षा चुनौतिबारे समयमै प्रहरीलाई अवगत गराउन आग्रह गरेका थिए । 
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुरगढी वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिन र वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिनाले सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा चौकीको कार्यक्षेत्र रहेको हेटौँडा–६ र मकवानपुरगढीका राजनीतिक दल, सामाजिक संघसंस्था, विद्यालय, शैक्षिक एवं वित्तिय क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार