Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि 

FotoJet-21-1638838544.jpg

२१ मंसिर, हेटौंडा । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । प्रदेश २ का निर्वाचन संयोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएको जानकारी दिए ।
उनले सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको र जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरू भएकाले केन्द्रीय महाधिवेशनपछि मात्रै प्रदेश अधिवेशन गर्ने सहमति भएको जानकारी दिए ।
प्रदेश २ अन्तर्गत सर्लाहीका ४ वटै क्षेत्र, सप्तरीको १ र रौतहटको १ निर्वाचन क्षेत्रबाट मतदाताहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको रिजालको भनाई छ ।
यस्तै साथै महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय अधिवेशन पनि रद्द भएकाले अधिवेशन सर्वसहमतिले स्थगित गरिएको उनले बताए । काँग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 
रौतहटका सभापति कृष्णा यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र रञ्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार