२२ मंसिर, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले कुनैपनि धर्म संस्कृतिको रक्षाका लागी दल विशेष वा राजनितिले फरक नपार्ने बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रुदे्रश्वर मन्दिर परिसरमा सुवेदी परिवारद्वारा निर्मित सिद्धि विनायक गणेश मन्दिरको उद्घाटन गर्दै मन्त्री भडेलले धर्म संस्कृतिनै हाम्रो पहिचान भएकाले आफ्नो पहिचान कायम राख्नका लागी बागमति प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । मन्त्री भडेलले धर्म सस्कृतिले कुनैपनि मुलुकलाई सुसंस्कृत र सम्पन्न पार्ने भएकाले विभिन्न धर्म र संस्कृति जोगाउन मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिद निर्माणमा कुनैपनि कन्जुस्याई नहुने बताए ।
उनले रुद्रेश्वर मन्दिर परिरसलाई धार्मिक पर्यटकिय रुपमा विकास गर्न सकिने भएकाले आफ्नो मन्त्रालय र बागमती सरकारका तर्फबाट सहयोगका लागी पहल गर्ने विश्वास दिलाए । कार्यक्रममा बागमती प्रदेशका सांसद सन्त चेपाङले रुदे्रश्वर मन्दिर परिसरको विकासका यसअघिको प्रदेश सरकारले खासै चासो नदेखाएको दावी गर्दै अव सहयोग गर्ने वचन दिए ।
यस्तै कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरापालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले रुद्रेश्वर मन्दिर परिसरको विकासका लागी सहयोग गर्न आफु सधै तत्पर रहेको बताए । उनले छिट्टै आफ्नै लगानीमा शिवमन्दिर निर्माण सुरु गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
रुद्रेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजिव सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिकी उपसाभापति डोल्मा स्याङ्बो, वडा नम्बर ८ का सभापति भुपेन्द्र कोइराला लगाएत स्थानियको उपस्थिति रहेको थियो ।
हेटौंडा ५ निवासी श्रीमती सुमित्रा सुवेदीद्वारा स्वर्गीय श्रीमान जगन्नाथ सुवेदीको स्मृतिमा उक्त मन्दिर निर्माण सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजिव सुवेदीले जानकारी दिए । झन्डै २० लाख लागतमा निर्माण भएको उक्त मन्दिरका लागी सुमित्रा देवीले ९ लाख, छोराहरु राजिव सुवेदीले ८ लाख र नारायण सुवेदीले २ लाख ५० हजार तथा सुवेदी परिवारका अन्य सदस्य तथा दाता र भक्तजनहरुबाट सहयोग प्राप्त भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिए ।
उक्त मन्दिरमा स्थानपना गरिएको गणेशको मुर्तिको बैदिक विधिबाट पाँचदिन सम्म पुजा गरेर प्राणप्रतिष्ठा समेत गरिएको अध्यक्ष सुवेदीले बताए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












