Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

अन्तरपालिका कप फुटबलमा थाहा फाइनल प्रवेश

61a30d56cc626_b2ap3_large-1639010430.jpg

२३ मंसिर, हेटौंडा । हेटौंडामा जारी प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिका फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा भीमफेदी गाउँपालिकालाई हराउँदै थाहाले उपाधि भिडन्त पक्का गरेको हो ।
थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २–१ गोल अन्तरले हराएको हो । थाहाको जितका लागी रोशन बल र सन्देश बलले एक एक गोल गरे । थाहाका रोशनले ३९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको पहिलो मिनेटमै थाहाका सन्देश बलले अग्रता दोब्बर पारे । 
भीमफेदीका सविन गोलेले खेलको ६७ औं मिनेटमा गोल गरेपनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । भीमफेदीले गोल गर्ने केही सुन्दर मौकाहरु खेर फालेको थियो । खेलमा भीमफेदीका गोलरक्षक निशान थापा म्यान अफ द म्याच घोषित भए । 
फाइनल प्रवेशका लागि बिहीबार हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिका खेल्नेछ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगदसहित ट्रफीको व्यवस्था रहेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भैरहेको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार