६ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी आगामी प्रदेश र संघीय चुनावमा शक्तिशाली तेस्रो पार्टी बन्ने बताएका छन् ।
हेटौँडामा संचारकर्मीहरुसँग कुरा गर्दै केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटका कारण अहिले नै देशको पहिलो पार्टी बन्ने अवस्था नरहेको भन्दै आगामी चुनावमा शक्तिशाली तेस्रो बन्ने बताएका हुन् । माओवादी केन्द्रको वरीपरी चौथो शक्ति आई नपुग्ने गरी तेस्रो हुने प्रचण्डको दावि छ । उनले सरकार र राज्य संचालमा माओवादी केन्द्रको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।
उनले नेपालको निर्वाचन प्रणाली दुई नम्बरीले मात्रै चुनाव लड्न सक्ने खालको भएको बताए । वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सामान्य र मध्यम वर्गले चुनाव लड्न सक्ने अवस्था नरहेको बताए । पूँजीपति वा दुई नम्बरीले मात्रै चुनाव लड्ने/लडाउने अवस्था रहेको भन्दै यसलाई परिवर्तन गर्नु जरुरी रहेको धारणा प्रचण्डको थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्था हुनुपर्नेमा उनको जोड थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले आफ्नो प्रयासमा अहिले तराईमा असन्तुष्ट पक्षको सहभागितामा स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै तराई मधेशका जनताले मतदानमा देखाएको सहभागिताले आफुलाई गौरव महसुस भएको बताए ।
रुपन्देहीको कार्यक्रम विहिबार सकेर काठमाण्डौं जान लागेका प्रचण्ड मौसम प्रतिकुलताका कारण हवाई उडान सम्भव नभएपछि हेटौँडा आईपुगेका हुन् । उनले शुक्रबार विहान पार्टीका नेता कार्यकर्तासँग हेटौँडा गर्दोहीस्थित पार्टी कार्यालयमा भेटघाट पनि गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







