Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस सह–माहामन्त्रीमा मकवानपुरकी ‘डीना’को उम्मेदवारी

82210786_1021937061355113-1639226714.jpg

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् ।
कांग्रेस मकवानपुरको इतिहासमा पदाधिकारीमा उम्मेदवारी दिने उनी नै पहिलो मकवानपुरे नेतृ हुन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएकी हुन् ।
२०५९ सालमा  राष्ट्रिय महिला आयोग सदस्य र २०६४ सालमा जलस्रोत राज्यमन्त्री बनेकी डीनाले आफ्नो अनुभवलाई पार्टीको संगठन विस्तारमा प्रयोग गर्ने बताइन् ।
नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघद्वारा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनमा पटक÷पटक जेल जीवन विताएकी थिइन् ।
उनी ०४२ सालको सत्याग्रहमा शैलजा आचार्यसँग जेल परेकी डीना पहिलो र दोस्रो संविधानसभाका सदस्य बनिन् । उनी २०४३ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापति निर्वाचित भएकी थिइन् ।  
‘कांग्रेसलाई समावेशीताको आँगन बनाउँदै सवै जाति, भाषा, धर्म र वर्ग अटाउँदै विकास, रोजगार र आर्थिक उन्नतिका लागि मैले उम्मेदावरी दिन लागेको हुँ ।’, उनले कांग्रेसप्रति युवाहरुको आकर्षण बढाउन र समुन्नत नेपाल निर्माण गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताइन् ।
वर्तमान कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदावरी दर्ता गराएकी डीनाले आफू निर्वाचित भएपश्चात् पार्टी र राज्यको हरेक अङ्गमा महिलाका अधिकार स्थापित गर्न, नयाँ र पुराना पुस्ताका विचार र अनुभवलाई संयोजन गर्दै अगाडि बढ्ने बताइन्  ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार