Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

अन्तरपालिका फुटबलको उपाधी थाहाले जित्यो

263014744_271418068361683-1639272523.jpg

२६ मंसिर, हेटौंडा । प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको उपाधी मकवानपुरको उत्तरी क्षेत्रस्ति थाहा नगरपालिकाले जितेको छ । 
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुुद विकास समिति मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई हराउँदै थाहाले उपाधी जितेको हो ।
निर्धारित ८० मिनेटकोे खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो हाफमा २ गोलको अग्रता लिएपनि दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा हेटौंडाले हार व्यहोर्नु परेको हो । 
निर्धारित खेलअवधिमा हेटौंडाका लागि अनिश महर्जन र बिनोद घलानले एक एक गोल गरेका थिए । यस्तै थाहाका लागि राजन गोलेले एक गोल गरेका थिए भने हेटौंडाका आकाश कटुवालको आत्माघाती गोल उपहार पाएको थियो ।
टाइब्रेकरमा भने थाहाको जितको लागी मनिष मोक्तान, बिशाल स्याङतान, सरोज लामा, सन्देश बल, सन्जिव भोम्जन, मनिष लामा र आदर्श श्रेष्ठले गोल गरे यस्तै हेटौंडाका छिरिङ लामा, बिवेक गुरुङ, बिनोद घलान, ललित चौलागाई, गगन शिलवाल र अनिल थापा मगरले गोल गर्दा फत्यमान घलानको प्रहार बाहिरिएको थियो ।
उपाधीसँगै थाहा नगरपालिकाले नगद २ लाख रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको हेटौंडाले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताअन्तर्गत सर्बोत्कृष्ट खेलाडी हेटौंडाका फत्तेमान घले घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे । 
बिधागत रुपमा हेटौंडाका गोलरक्षक सफल तिमल्सिना, हेटौंडाका गोलरक्षक सफल तिमल्सिना, डिफेन्डर गगन सिलवाल, थाहाका फरवार्ड राजन गोले र मिडपिल्डर बिशाल स्याङ्तान, प्रशिक्षक नरेन्द्र मोक्तान प्रतियोगिताको उत्कृष्ट बन्दै जनही ३ हजार रुपैयाँ प्राप्त गरे । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार