Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण जरुरीः प्रमुख खुलाल

balbalika_28-1640047164.jpg

६ मंसिर, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण हुनु पर्ने बताएका छन् ।
स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तीन दिवशीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको सोमबार हेटौंडामा उद्घाटन गर्दै प्रमुख खुलालले सुन्दर, समुन्नत र सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण हुनु पर्नेमा जोड दिए ।
प्रमुख खुलालले सामाजिक क्षेत्रको विकास विना समुन्त र समृद्ध समाज निर्माण हुन नसक्ने उल्लेख गर्दै भोलीका कर्णधार बालबालिका साझा भविष्य भएकोले उनीहरूको स्वतन्त्रता, अधिकार, संरक्षण, विकास र जीवनस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक रहेको बताए ।
उनले बालबालिको अधिकार संरक्षणका लागि तिनै तहको सरकार लगायत सवै नागरिकको सक्रियता एवम् सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक रहेको जोड दिए ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले हरेक क्षेत्रबाट बालबालिकाका प्राथमिक सवालहरु सम्बोधन हुन आवश्यक रहेको बताईन् । उनले लैंगिक समतासंगै बालबालिकाले बाच्न पाउने, सहभागी हुन पाउने, सबै क्षेत्रमा भेदभाव रहित र बाल मैत्रीपुर्ण क्रियाकलाप संचालन गर्न आग्रह गरिन्
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् राष्ट्रिय बाल अधिकार परिषदको समन्वय तथा सहजिकरणमा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुखहरु, महिला तथा बालबालिका शाखा प्रमुखहरु, बालबालिका हेर्ने संयोजक, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख र न्यायिक समितिका सहजकर्ताहरुको सहभागिता रहेको छ । 
तीन दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा बाल अधिकार परिषदका बालबालिका विज्ञ, कानु अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का राममणि गौतम, कपिल अर्याल, जग्गनाथ सुवेदीलगायतले सहजिकरण गर्ने छन् ।

balbalika_14-1640047164.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार