Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शैक्षिक क्षेत्र सुधार गर्न पशुपतिनाथ माविमा अन्तरक्रिया

Pashu-1640916268.jpg

१६ पुस, हेटौंडा । शैक्षिक क्षेत्रका सरोकारवालाहरुले हरेक अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा निगरानी बढाउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।
पशुपतिनाथ माविमा बिहिबार आयोजित अन्तरक्रियाका सहभागीले बालबालिकाको निगरानीलाई ध्यान दिन नसकेको खण्डमा ठूलो दुर्घटना हुन सक्ने बताएका हुन् । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको अन्तरक्रियामा सहभागी बक्ताहरुले शिक्षक, विद्यार्थी, अभिभावकको भूमिकामा समन्वय नभए गुणस्तर बृद्धि नहुने बताएका छन् । 
मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले सामुदायिक विद्यालयमा बालबालिकालाई दिवा खाजाको ब्यबस्थाले बालबालिका कक्षा कोठामा बस्ने समय बढेको बताइन् । 
शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले मात्र शैक्षिक गुणस्तर बृद्धि गर्न सकिने बताउँदै उपाध्यक्ष बिष्टले पशुपतिनाथ माविमा भौतिक पक्ष सबल बन्दै गएको र आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखिन् । 
मनहरी गाउँपालिकाका श्रोतशिक्षक पूर्णभद्र भुषालले पशुपतिनाथ माविको विद्यालय ब्यवस्थापन समितिको सक्रियताको प्रशंसा गर्दै विद्यालयमा बिभिन्न समितिहरु निर्माण गरी जिम्मेवारी बाँडफाट गर्न सुझाएका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रधानाध्यापक सुशील गौतम, शिक्षकहरु मनोज चौलागाई, रामचन्द्र तिम्सिना, शर्मिला सिग्देल, ईश्वर रिजाल, सुसन बानियाँ, हरिशरण थापा, कला गौतम लगायतले सुधार गर्नुपर्ने पक्षमा आफ्नो धारणा राखेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक वागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा ईन्सेक प्रतिनिधि बिमला गोपाली, विलयका अभिभावक मीरा खत्री, उद्धब बिष्ट, श्रीकृष्ण ढकाल, बिद्यार्थी सुष्मा सिंखडा, रितेष बिष्टले विद्यार्थी अनुशासन, लगनशीलता, मिहेनतमा कमी आएर समस्या भएको बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार