१० असोज, हेटौँडा । स्थानीय तह निर्वाचन सम्पन्न भईसकेपछि अहिले सबै राजनैतिक दलको ध्यान प्रदेश र संघीय निर्वाचनमा केन्द्रित भएको छ । अहिले दलहरु आप्mनो पार्टीबाट उठ्ने उम्मेदवार चयन गर्ने तयारीमा जुटेका छन् ।
आन्तरिक छलफलसंगै केन्द्रीय तहमा दलहरुबीच तालमेलको विषयमा पनि छलफललाई तिब्रता दिईएको छ । सत्ता साझेदारीदेखि निर्वाचनसम्म दलहरुबीच तालमेलको भईरहेको अवस्थामा अहिले चुनावी तालमेलको चर्चा चलेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र प्रतिपक्षमै रहेको राप्रपाबीच तालमेल हुने चर्चा राजनीतिक बृत्तमा बढि चलेको छ । यदि राप्रपा र एमालेको तालमेल भए राप्रपाका अध्यक्ष कमल थापा आफ्नो गृह जिल्ला मकवानपुरबाट उठ्ने तर्खरमा छन् । तालमेलमा संलग्न दलको नेतृत्वको हिसावले थापालाई एमालेले मकवानपुरका एक क्षेत्र छोड्नुपर्ने राप्रपा निकट एक नेताले बताए । यसबारे केन्द्रीय तहमा गम्भिर छलफल चलिरहेको उनको भनाई छ ।
थापाले पनि संघीय संसदका लागि आफु क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न सक्ने सम्भावना रहेको बताईसकेका छन् । जनताको ‘नाडी छाम्ने’ क्रममा थापाले छतिवन र गढीमा कार्यक्रम समेत गरिसकेका छन् । एमालेसँग तालमेल भए थापा उठ्ने पक्का छ । अघिल्लो पटक सत्ता साझेदार भएदेखि नै एमाले नेता केपी ओली पनि थापालाई संगै लिएर हिड्ने मनस्थितिमा छन् । राप्रपाको एक घटकले पार्टी फुटाएर कांग्रेससँग साझेदारी गरेपछि आप्mनो पक्षमा होल्ड बढाउन पनि थापा नेतृत्वको राप्रपालाई आप्mनो पक्षमा पार्ने रणनीतिमा ओली छन् । स्रोतका अनुसार माथिल्लो तहमा ओली र थापाबीच सहकार्यबारे छलफल हुँदा थापाले आफुलाई मकवानपुरमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियताको पक्षमा उभिएका दुई पार्टीबीच तलमेलको चर्चा स्वभाविक भएको राप्र्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा बताउँछन् । ‘सत्ता साझेदारी पनि गरेको अनुभव छ, राष्ट्रियताको पक्षमा एक भएर उभिएका पनि हौं’–सापकोटाले भने–‘समिकरणको चर्चा सकारात्मक हो ।’ उनले केन्द्रमा यसबारे छलफल भएपनि जिल्लातहमा यसबारे अहिले छलफल नभएको बताए ।
राप्रपा एक नेताले तालमेलबारे भाषण गरेपछि एमाले मकवानपुरमा पनि तरंग पैदा भएको छ । एमालेका नेताहरु भने राप्रपालाई क्षेत्र नम्बर १ छोडेर तालमेल हुने सम्भावना नरहेको बताउँछन् । लालकिल्लाबाट कांग्रेसले कव्जा गरेको क्षेत्र नम्बर १ आप्mनो पक्षमा पार्ने रणनीतिका साथ एमाले काम गरिरहेको एक नेताले बताए । उनका अनुसार अहिले पनि संगठनको हिसावले क्षेत्र नम्बर १ मा एमाले बलियो भएकाले यो क्षेत्रबाट एमालेका पूर्व सांसद समेत रहेका कृष्णप्रसाद दाहालसहितका नेताहरुले दावि गरिरहेका छन् । ‘राप्रपालाई क्षेत्र नम्बर १ दिने विषयमा केही छलफल भएको छैन ।’–एमाले मकवानपुरका सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले भने–‘सामान्य छलफल पनि नभएको अवस्थामा यसबारे केही भन्न सकिंदैन ।’ केन्द्रीय तहमा भएको छलफलबारे आफुहरुलाई कुनै जानकारी नरहेको भन्दै श्रेष्ठले पार्टी आफ्नो तयारीबारे मात्रै रणनीतिक छलफलमा रहेको बताए ।
मकवानपुरलाई आफ्नो लालकिल्लाको रुपमा लिने गरेको एमालेले कमल थापालाई उम्मेदवारीमा तालमेल गर्ला भन्नेमा सर्वसाधारण विश्वस्त छैनन् । ओलीले देशैभर तालमेल गर्ने क्रममा थापालाई मकवानपुर दिन सक्ने पनि राजनैतिक बृत्तमा आंकलन छ ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
