१० असोज, हेटौँडा । स्थानीय तह निर्वाचन सम्पन्न भईसकेपछि अहिले सबै राजनैतिक दलको ध्यान प्रदेश र संघीय निर्वाचनमा केन्द्रित भएको छ । अहिले दलहरु आप्mनो पार्टीबाट उठ्ने उम्मेदवार चयन गर्ने तयारीमा जुटेका छन् ।
आन्तरिक छलफलसंगै केन्द्रीय तहमा दलहरुबीच तालमेलको विषयमा पनि छलफललाई तिब्रता दिईएको छ । सत्ता साझेदारीदेखि निर्वाचनसम्म दलहरुबीच तालमेलको भईरहेको अवस्थामा अहिले चुनावी तालमेलको चर्चा चलेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र प्रतिपक्षमै रहेको राप्रपाबीच तालमेल हुने चर्चा राजनीतिक बृत्तमा बढि चलेको छ । यदि राप्रपा र एमालेको तालमेल भए राप्रपाका अध्यक्ष कमल थापा आफ्नो गृह जिल्ला मकवानपुरबाट उठ्ने तर्खरमा छन् । तालमेलमा संलग्न दलको नेतृत्वको हिसावले थापालाई एमालेले मकवानपुरका एक क्षेत्र छोड्नुपर्ने राप्रपा निकट एक नेताले बताए । यसबारे केन्द्रीय तहमा गम्भिर छलफल चलिरहेको उनको भनाई छ ।
थापाले पनि संघीय संसदका लागि आफु क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न सक्ने सम्भावना रहेको बताईसकेका छन् । जनताको ‘नाडी छाम्ने’ क्रममा थापाले छतिवन र गढीमा कार्यक्रम समेत गरिसकेका छन् । एमालेसँग तालमेल भए थापा उठ्ने पक्का छ । अघिल्लो पटक सत्ता साझेदार भएदेखि नै एमाले नेता केपी ओली पनि थापालाई संगै लिएर हिड्ने मनस्थितिमा छन् । राप्रपाको एक घटकले पार्टी फुटाएर कांग्रेससँग साझेदारी गरेपछि आप्mनो पक्षमा होल्ड बढाउन पनि थापा नेतृत्वको राप्रपालाई आप्mनो पक्षमा पार्ने रणनीतिमा ओली छन् । स्रोतका अनुसार माथिल्लो तहमा ओली र थापाबीच सहकार्यबारे छलफल हुँदा थापाले आफुलाई मकवानपुरमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियताको पक्षमा उभिएका दुई पार्टीबीच तलमेलको चर्चा स्वभाविक भएको राप्र्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा बताउँछन् । ‘सत्ता साझेदारी पनि गरेको अनुभव छ, राष्ट्रियताको पक्षमा एक भएर उभिएका पनि हौं’–सापकोटाले भने–‘समिकरणको चर्चा सकारात्मक हो ।’ उनले केन्द्रमा यसबारे छलफल भएपनि जिल्लातहमा यसबारे अहिले छलफल नभएको बताए ।
राप्रपा एक नेताले तालमेलबारे भाषण गरेपछि एमाले मकवानपुरमा पनि तरंग पैदा भएको छ । एमालेका नेताहरु भने राप्रपालाई क्षेत्र नम्बर १ छोडेर तालमेल हुने सम्भावना नरहेको बताउँछन् । लालकिल्लाबाट कांग्रेसले कव्जा गरेको क्षेत्र नम्बर १ आप्mनो पक्षमा पार्ने रणनीतिका साथ एमाले काम गरिरहेको एक नेताले बताए । उनका अनुसार अहिले पनि संगठनको हिसावले क्षेत्र नम्बर १ मा एमाले बलियो भएकाले यो क्षेत्रबाट एमालेका पूर्व सांसद समेत रहेका कृष्णप्रसाद दाहालसहितका नेताहरुले दावि गरिरहेका छन् । ‘राप्रपालाई क्षेत्र नम्बर १ दिने विषयमा केही छलफल भएको छैन ।’–एमाले मकवानपुरका सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले भने–‘सामान्य छलफल पनि नभएको अवस्थामा यसबारे केही भन्न सकिंदैन ।’ केन्द्रीय तहमा भएको छलफलबारे आफुहरुलाई कुनै जानकारी नरहेको भन्दै श्रेष्ठले पार्टी आफ्नो तयारीबारे मात्रै रणनीतिक छलफलमा रहेको बताए ।
मकवानपुरलाई आफ्नो लालकिल्लाको रुपमा लिने गरेको एमालेले कमल थापालाई उम्मेदवारीमा तालमेल गर्ला भन्नेमा सर्वसाधारण विश्वस्त छैनन् । ओलीले देशैभर तालमेल गर्ने क्रममा थापालाई मकवानपुर दिन सक्ने पनि राजनैतिक बृत्तमा आंकलन छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







