भीमसेन पौडेल
१९ पुस, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको नवौं पूर्ण बैठकले १४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको समन्वयमा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा सोमबार सम्पन्न भएको बैठकमा प्रदेशका अध्यक्ष विनोद सापकोटाले १४ बुँदे घोषणा पत्र जारी गरेका थिए।
वन ऐन २०७६ को दफा १८(१) ले सामुदायिक वन समूहले आफनो वनपैदावारको मूल्य स्वन्त्रतरुपमा तोक्न पाउनु पर्ने,वागमती प्रदेश भित्रको सामुदायिक वनको अधिकार कटौती गरि मध्यवत्र्ती क्षेत्रभित्र सामुदायिक वनलाई समेटी आम उपभोक्ताको मानव अधिकार हनन गरेको,जनविरोधी बैज्ञानिक वन व्यवस्थापन,कार्यविधि संघिय सरकारले खारेज गरिसकेको सन्दर्भमा देशभरिको सामुदायिक वनलाई वन व्यवस्थापनको कार्यलाई सूचना गर्ने गरि सामुदायिक सहभागितामा वनको दिगो व्यवस्थापन प्रक्रिया तत्काल कार्यान्यवयनमा लानु पर्ने घोषणा पत्रमा भनिएको छ ।
यसैगरि नेपालको संविधानको अनुसुचि ९ बमोजिम वनसम्वन्धि तीनवटै तहका सरकारहरुको साझा अधिकार अन्तर्गत रहेको र संविधानको धारा ६०( १)अनुसार यसरि साझा सूचीमा परेका विषयमा कर लगाउने व्यवस्था नेपाल सरकारले मात्र गर्न पाउने भएकोमा उक्त संवैधानिक व्यवस्था विपरित बागमती प्रदेशको वन ऐन २०७६ को दफा ३८ मा सामुदायिक वनले काठ,दाउरा समूह बाहिर विक्री गरि प्राप्त रकमको १० प्रतिशत रकम प्रदेश सरकारको संचित कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएकाले सामुदायिक वनका माध्यमबाट हुदै आएका गरिवि न्यूनीकरण, वन उद्यम, तथा पर्यापर्यटन विकास लगायतमा गम्भिर अवरोध सिर्जना भएकलेो उक्त व्यवस्था हटाउन माग गरिएको छ ।
बैठकमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष, भारती पाठक, प्रदेश कोषाध्यक्ष निर्मला न्यौपाने, मकवानपुर अध्यक्ष साधुराम चौलागाई,बागमती प्रदेशका जिल्ला अध्यक्षहरु, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतको सहभागिता थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












