Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

डाक्टरले विरामी मार्छु भनेर उपचार गर्दैनन्

Hari-Khadka-1506679212.jpg

डा. हरिबहादुर खड्का (डाक्टर–हेटौँडा अस्पताल)

उपचारका क्रममा विरामीको मृत्यु भएमा क्षतिपुर्ति सम्बन्धित डाक्टरबाटै भराउने प्रावधानसहितको नयाँ विद्येयक गत शुक्रबारको मन्त्रीपरिषदको बैठकले पास गरेपछि चिकित्सकहरु आन्दोलनमा छन् । चिकित्सक संघको आव्हानमा शुक्रबारदेखि ओपिडि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरु आफ्नो अडानमा कायम छन् भने सरकार सेवा सुचारु गरी छलफलमार्फत समस्या समाधान गर्न भनिरहेको छ । आन्दोलनका कारण मकवानपुरको एकमात्रै सरकारी अस्पताल हेटौँडा अस्पतालको ओपिडि सेवा ठप्प छ । सेवा नै ठप्प पारेर आन्दोलन किन गर्नु पर्यो र स्वास्थ्य क्षेत्रका समस्याको सरोफेरोमा रुपेश दुलालले हेटौँडा अस्पतालका डा. हरिबहादुर खड्कासंग गरेको कुराकानीको सम्पादित अंश ।

गत शुक्रबारदेखि चिकित्सकहरु आन्दोलनमा छन्, सेवा नै प्रभावित हुने गरी आन्दोलन किन गर्नु परेको होला ?
यो नेपाल चिकित्सक संघले गरेको आन्दोलन हो जसमा देशका सम्पूर्ण चिकित्सक आवद्ध छन् । आन्दोलन गर्नु किन पर्यो भन्ने पहिला बुझ्नु जरुरी छ । सरोकारवालाहरुसंगको छलफल विना हतारमा स्वास्थ्यमन्त्रीलाई पनि छलफलमा नराखी नयाँ विद्येयक ल्याईएको छ । विद्येयकमा उपचारका क्रममा कुनै विरामीको मृत्यु भए सम्पूर्ण क्षतिपूर्ति चिकित्सकबाटै भराउने भन्ने छ, यो निन्दनीय छ । सरसर्ती बुझ्दा त विरामी मार्ने चिकित्सकले किन क्षतिपूर्ति नतिर्ने भन्ने लाग्ला तर यसबारे गहिरिएर बुझ्नु जरुरी छ । स्वास्थ्य संस्थामा उपचारका लागि गम्भिर विरामी पनि आईपुग्छन्, उपचार गर्ने क्रममा मृत्यु हुन पनि सक्छ । त्यसपछि यस्तै घटनाबाट लाभ लिने गिरोह र भिडले डाक्टरलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गर्ने काम हुन्छ । यस्ता घटनाले उपचारमा नियमित संलग्न हुने डाक्टरहरुमा नकारात्मक असर पर्छ ।
विद्येयकमा विना पक्राउ पुर्जि ‘जेल विदआउट वेल’ जस्तो गम्भिर मुद्धा लगाउन सक्ने अवस्था छ । यसप्रति असन्तुष्टि जनाउँदै हामीले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दियौं । तर सरकारले वास्ता गरेन र विरोध स्वरुप आन्दोलनमा उत्रनुप¥यो । हामी पनि संवेदनशिल भएकाले आकस्मिक सेवा दिंदै ओपिडि सेवामात्रै बन्द गरेका छौं । आन्दोलन बाध्य भएर गरेका हौं रहरले हैन ।

छोटो समयको अल्टिमेट दिएर अन्तिम चरणको आन्दोलन थालियो, किन अन्य विकल्पको बारेमा सोचिएन ?
यो अन्तिम चरणको आन्दालन हैन । यसअघि पनि यस्तो प्रकारको आन्दोलन भएका थिए । समस्या समाधान गर्न चाहने हो भने ७२ घण्टा पनि सरकारका लागि पर्याप्त हो । फेरि हामीले आन्दोलन गर्दा एमरजेन्सीबाट आउने र भर्ना भएका विरामीको उपचार गरिरहेका छौं । आन्दोलन सल्लाह गरेर नहुने रहेछ, परिस्थिति अहिले नै बन्यो र आन्दोलन शुरु भयो । सरकारलाई माग पुरा गराउन दवाव दिने उद्देश्यले आन्दोलन भएको हो । माग सम्बोधन भए एक मिनेटमै आन्दोलन स्थगित हुन्छ ।

चाडपर्व र मौसम परिवर्तन हुने समयमा विरामीको चाप बढि हुन्छ । यही समयमा सरकारलाई दवाव दिने भन्दै विरामीलाई मारमा पार्न किन खोजिएको ?
मौसमी रोगका विरामी बढि आउँछन, त्यो सहि हो । तर यो दायित्व डाक्टरको मात्र नभई सरकारको पनि हो । डाक्टरहरु आन्दोलनमा उत्रनुपर्ने बाध्यता पर्यो । मन नहुँदा नहुँदै आन्दोलन गर्नु परेको छ । एमरजेन्सीबाट सानो ठाउँबाट सेवा दिन कठिन हुन्छ तर सधै डाक्टरलाई मात्रै दोष लगाउनु कतिको जायज हो ? किन डाक्टरलाई मात्रै तल पार्न खोजिन्छ ? डाक्टरले कहिल्यै पनि विरामी मार्छु भनेर उपचार गर्दैनन् । 
तर डाक्टरले केही गरि गल्ति गरेमा छानविन विना भिडको दवावमा निर्णय हुने अवस्था अहिलेको विद्येयकले सिर्जना गर्छ भन्ने हाम्रो चिन्ता हो । डाक्टरले गल्ति गरेमा उसको लाईसेन्स समेत खारेज हुनेसहितको कानूनी प्रावधान त अहिले पनि छ नि । सरोकारवाला र मन्त्रीसंग समेत छलफल नगरी हतारमा विद्येयक ल्याईएकाले विरोध गर्नु परेको हो । सबै डाक्टरले मान्छे मार्छन् भन्ने हल्ला चलाएर डाक्टरको मनोवल घटाउन ढंगले काम भईरहेको छ । यसको विरोध हामीले गरेका हौं । दोषि पाईएका डाक्टरहरुलाई निष्पक्ष छानविनमार्फत कारवाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

अस्पतालमा सेवा ठप्प पारेर नीजि मेडिकल र क्लिनिकमा उपचार गर्ने चिकित्सकहरुलाई के भन्नुहुन्छ ?
त्यस्तो भएको छैन । आन्दोलनका क्रममा सरकारी अस्पतालमा सेवा ठप्प पर्ने र नीजि स्वास्थ्य संस्थामा गएर उपचार गर्नु गलत हो । यो भएको छैन र हुनु पनि हुँदैन । हामीले आफ्नो पेशागत सुरक्षाका लागि आन्दोलन गरेका छौं । त्यसैले सबै पक्ष जिम्मेवार हुनु जरुरी छ र हामी जिम्मेवार छौं । अस्पतालमै एमरजेन्मीबाट आएका विरामीलाई नियमित झैं सेवा दिईरहेका छौं ।

अन्य व्यवसाय जस्तो स्वास्थ्य सेवा पनि अलि बढि नै व्यवसायिक हुन खोज्दा लापरवाहीका घटना बढेका त हैनन् ?
तपाईले भन्नु भएको कुरा ठिक हो, अहिले लोकतन्त्र आएसंगै स्वास्थ्य क्षेत्रमा पनि केही विकृति भित्रिएको हो । नेपाल सरकारले स्वास्थ्य संस्था संचालनको स्विकृति दिने काम भईरहेको छ । पैसा र राजनैतिक चलखेलका कारण मापदण्ड नपुगेका संस्थालाई पनि सेवा संचालनको अनुमति दिईएको छ । सरकारी स्वास्थ्य संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउन चासो नदिने तर नीजि स्वास्थ्य संस्था संचालनका लागि आर्थिक लोभमा अनुमति दिंदै जाने गर्दा यो अवस्था आएको हो । डा. गोविन्द केसीको आन्दोलन यसकै विरोधमा हो । सबै क्षेत्रमा गुणस्तरीय सेवा उपलव्ध हुनुपर्छ भन्ने केसीको मुख्य आशय हो । यसलाई बुझेर सरकारले अनुगमनलाई चुस्त र दुरुस्त रुपमा संचालन गर्नुपर्छ । डाक्टरलाई मात्रै दोष देखाएर अरु चाही संवेदनशिल नहुने काम जायज हैन । माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ र एमरजेन्सीबाट सेवा प्रवाह गर्दै आन्दोलन गर्छौ ।

यहाँहरु आफुलाई गोविन्द केसीको अनुयायी भन्नुहुन्छ, केसी झोला बोकेर विरामीको उपचार गर्दै वेला बखत आन्दोलन गर्नुहुन्छ, तपाईहरु चै विरामीलाई सेवाबाट बन्चित पारी आन्दोलन गर्नुहुन्छ । अब के खोज्ने विकल्प ?

सरकारले तुरुन्त अहिलेको विद्येयक फिर्ता लिए हामी काम थाल्छौं । पुरानो विद्येयकमा केही कमजोरी छ र अझ डाक्टरलाई कडाई गर्नुछ भने पनि छलफल गरेर अघि बढ्न सकिन्छ । अब यो आन्दोलन तत्काल रोकिंदैन, निष्कर्षमा पुगेपछि मात्रै रोकिन्छ । अहिले दशैंमा ओपिडि सेवा त नियमित रुपमै बन्द हुन्छ । विरामीको उपचार एमरजेन्सीबाट भईरहेको छ । सबै तहमा छलफल भईसकेको छ, प्रधानमन्त्रीको तहबाट ठोस निर्णयको प्रतिक्षामा हामी छौं । अहिले परेको असरप्रति हामी क्षमा समेत माग्दछौं, आन्दोलनलाई साथ र सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं ।

तस्विर : टिम टिभि


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार