डा. हरिबहादुर खड्का (डाक्टर–हेटौँडा अस्पताल)
उपचारका क्रममा विरामीको मृत्यु भएमा क्षतिपुर्ति सम्बन्धित डाक्टरबाटै भराउने प्रावधानसहितको नयाँ विद्येयक गत शुक्रबारको मन्त्रीपरिषदको बैठकले पास गरेपछि चिकित्सकहरु आन्दोलनमा छन् । चिकित्सक संघको आव्हानमा शुक्रबारदेखि ओपिडि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरु आफ्नो अडानमा कायम छन् भने सरकार सेवा सुचारु गरी छलफलमार्फत समस्या समाधान गर्न भनिरहेको छ । आन्दोलनका कारण मकवानपुरको एकमात्रै सरकारी अस्पताल हेटौँडा अस्पतालको ओपिडि सेवा ठप्प छ । सेवा नै ठप्प पारेर आन्दोलन किन गर्नु पर्यो र स्वास्थ्य क्षेत्रका समस्याको सरोफेरोमा रुपेश दुलालले हेटौँडा अस्पतालका डा. हरिबहादुर खड्कासंग गरेको कुराकानीको सम्पादित अंश ।
गत शुक्रबारदेखि चिकित्सकहरु आन्दोलनमा छन्, सेवा नै प्रभावित हुने गरी आन्दोलन किन गर्नु परेको होला ?
यो नेपाल चिकित्सक संघले गरेको आन्दोलन हो जसमा देशका सम्पूर्ण चिकित्सक आवद्ध छन् । आन्दोलन गर्नु किन पर्यो भन्ने पहिला बुझ्नु जरुरी छ । सरोकारवालाहरुसंगको छलफल विना हतारमा स्वास्थ्यमन्त्रीलाई पनि छलफलमा नराखी नयाँ विद्येयक ल्याईएको छ । विद्येयकमा उपचारका क्रममा कुनै विरामीको मृत्यु भए सम्पूर्ण क्षतिपूर्ति चिकित्सकबाटै भराउने भन्ने छ, यो निन्दनीय छ । सरसर्ती बुझ्दा त विरामी मार्ने चिकित्सकले किन क्षतिपूर्ति नतिर्ने भन्ने लाग्ला तर यसबारे गहिरिएर बुझ्नु जरुरी छ । स्वास्थ्य संस्थामा उपचारका लागि गम्भिर विरामी पनि आईपुग्छन्, उपचार गर्ने क्रममा मृत्यु हुन पनि सक्छ । त्यसपछि यस्तै घटनाबाट लाभ लिने गिरोह र भिडले डाक्टरलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गर्ने काम हुन्छ । यस्ता घटनाले उपचारमा नियमित संलग्न हुने डाक्टरहरुमा नकारात्मक असर पर्छ ।
विद्येयकमा विना पक्राउ पुर्जि ‘जेल विदआउट वेल’ जस्तो गम्भिर मुद्धा लगाउन सक्ने अवस्था छ । यसप्रति असन्तुष्टि जनाउँदै हामीले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दियौं । तर सरकारले वास्ता गरेन र विरोध स्वरुप आन्दोलनमा उत्रनुप¥यो । हामी पनि संवेदनशिल भएकाले आकस्मिक सेवा दिंदै ओपिडि सेवामात्रै बन्द गरेका छौं । आन्दोलन बाध्य भएर गरेका हौं रहरले हैन ।
छोटो समयको अल्टिमेट दिएर अन्तिम चरणको आन्दोलन थालियो, किन अन्य विकल्पको बारेमा सोचिएन ?
यो अन्तिम चरणको आन्दालन हैन । यसअघि पनि यस्तो प्रकारको आन्दोलन भएका थिए । समस्या समाधान गर्न चाहने हो भने ७२ घण्टा पनि सरकारका लागि पर्याप्त हो । फेरि हामीले आन्दोलन गर्दा एमरजेन्सीबाट आउने र भर्ना भएका विरामीको उपचार गरिरहेका छौं । आन्दोलन सल्लाह गरेर नहुने रहेछ, परिस्थिति अहिले नै बन्यो र आन्दोलन शुरु भयो । सरकारलाई माग पुरा गराउन दवाव दिने उद्देश्यले आन्दोलन भएको हो । माग सम्बोधन भए एक मिनेटमै आन्दोलन स्थगित हुन्छ ।
चाडपर्व र मौसम परिवर्तन हुने समयमा विरामीको चाप बढि हुन्छ । यही समयमा सरकारलाई दवाव दिने भन्दै विरामीलाई मारमा पार्न किन खोजिएको ?
मौसमी रोगका विरामी बढि आउँछन, त्यो सहि हो । तर यो दायित्व डाक्टरको मात्र नभई सरकारको पनि हो । डाक्टरहरु आन्दोलनमा उत्रनुपर्ने बाध्यता पर्यो । मन नहुँदा नहुँदै आन्दोलन गर्नु परेको छ । एमरजेन्सीबाट सानो ठाउँबाट सेवा दिन कठिन हुन्छ तर सधै डाक्टरलाई मात्रै दोष लगाउनु कतिको जायज हो ? किन डाक्टरलाई मात्रै तल पार्न खोजिन्छ ? डाक्टरले कहिल्यै पनि विरामी मार्छु भनेर उपचार गर्दैनन् ।
तर डाक्टरले केही गरि गल्ति गरेमा छानविन विना भिडको दवावमा निर्णय हुने अवस्था अहिलेको विद्येयकले सिर्जना गर्छ भन्ने हाम्रो चिन्ता हो । डाक्टरले गल्ति गरेमा उसको लाईसेन्स समेत खारेज हुनेसहितको कानूनी प्रावधान त अहिले पनि छ नि । सरोकारवाला र मन्त्रीसंग समेत छलफल नगरी हतारमा विद्येयक ल्याईएकाले विरोध गर्नु परेको हो । सबै डाक्टरले मान्छे मार्छन् भन्ने हल्ला चलाएर डाक्टरको मनोवल घटाउन ढंगले काम भईरहेको छ । यसको विरोध हामीले गरेका हौं । दोषि पाईएका डाक्टरहरुलाई निष्पक्ष छानविनमार्फत कारवाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
अस्पतालमा सेवा ठप्प पारेर नीजि मेडिकल र क्लिनिकमा उपचार गर्ने चिकित्सकहरुलाई के भन्नुहुन्छ ?
त्यस्तो भएको छैन । आन्दोलनका क्रममा सरकारी अस्पतालमा सेवा ठप्प पर्ने र नीजि स्वास्थ्य संस्थामा गएर उपचार गर्नु गलत हो । यो भएको छैन र हुनु पनि हुँदैन । हामीले आफ्नो पेशागत सुरक्षाका लागि आन्दोलन गरेका छौं । त्यसैले सबै पक्ष जिम्मेवार हुनु जरुरी छ र हामी जिम्मेवार छौं । अस्पतालमै एमरजेन्मीबाट आएका विरामीलाई नियमित झैं सेवा दिईरहेका छौं ।
अन्य व्यवसाय जस्तो स्वास्थ्य सेवा पनि अलि बढि नै व्यवसायिक हुन खोज्दा लापरवाहीका घटना बढेका त हैनन् ?
तपाईले भन्नु भएको कुरा ठिक हो, अहिले लोकतन्त्र आएसंगै स्वास्थ्य क्षेत्रमा पनि केही विकृति भित्रिएको हो । नेपाल सरकारले स्वास्थ्य संस्था संचालनको स्विकृति दिने काम भईरहेको छ । पैसा र राजनैतिक चलखेलका कारण मापदण्ड नपुगेका संस्थालाई पनि सेवा संचालनको अनुमति दिईएको छ । सरकारी स्वास्थ्य संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउन चासो नदिने तर नीजि स्वास्थ्य संस्था संचालनका लागि आर्थिक लोभमा अनुमति दिंदै जाने गर्दा यो अवस्था आएको हो । डा. गोविन्द केसीको आन्दोलन यसकै विरोधमा हो । सबै क्षेत्रमा गुणस्तरीय सेवा उपलव्ध हुनुपर्छ भन्ने केसीको मुख्य आशय हो । यसलाई बुझेर सरकारले अनुगमनलाई चुस्त र दुरुस्त रुपमा संचालन गर्नुपर्छ । डाक्टरलाई मात्रै दोष देखाएर अरु चाही संवेदनशिल नहुने काम जायज हैन । माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ र एमरजेन्सीबाट सेवा प्रवाह गर्दै आन्दोलन गर्छौ ।
यहाँहरु आफुलाई गोविन्द केसीको अनुयायी भन्नुहुन्छ, केसी झोला बोकेर विरामीको उपचार गर्दै वेला बखत आन्दोलन गर्नुहुन्छ, तपाईहरु चै विरामीलाई सेवाबाट बन्चित पारी आन्दोलन गर्नुहुन्छ । अब के खोज्ने विकल्प ?
सरकारले तुरुन्त अहिलेको विद्येयक फिर्ता लिए हामी काम थाल्छौं । पुरानो विद्येयकमा केही कमजोरी छ र अझ डाक्टरलाई कडाई गर्नुछ भने पनि छलफल गरेर अघि बढ्न सकिन्छ । अब यो आन्दोलन तत्काल रोकिंदैन, निष्कर्षमा पुगेपछि मात्रै रोकिन्छ । अहिले दशैंमा ओपिडि सेवा त नियमित रुपमै बन्द हुन्छ । विरामीको उपचार एमरजेन्सीबाट भईरहेको छ । सबै तहमा छलफल भईसकेको छ, प्रधानमन्त्रीको तहबाट ठोस निर्णयको प्रतिक्षामा हामी छौं । अहिले परेको असरप्रति हामी क्षमा समेत माग्दछौं, आन्दोलनलाई साथ र सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं ।
तस्विर : टिम टिभि
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















