३० पुस, हेटौंडा । चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसंग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् ।
उनले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहकार्यका लागि आग्रह गरेका छन् । उनले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकोले खोपबारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवा लगायतले अभियानको महत्वबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार रहेकोले चेपाङ बाहुल्य क्षेत्रमा सबैको सहयोगमा लक्ष्यमा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ बाहुल्य क्षेत्रमा गाउँपालिकास्तरमा स्वास्थ्य शिविर गर्ने, चर्चमा खोप अभियान चलाउने, खोपको सकारात्मक पक्षबारे प्रचारप्रसारमा जोड दिने, विपन्न चेपाङफ तामाङ र दलित बर्गलाई लक्षित गरेर सहयोग अभियानसहित खोप अभियान चलाउने जस्ता काम गरेर खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
संविधानसभा सदस्य गोबिन्दराम चेपाङले त्यस क्षेत्रमा चेतनाको अभाव र खोपबारे नकारात्मक प्रचार रहेकाले यसलाई चिर्दै खोप लगाउने दरले बढाउन आफुहरूले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । चेपाङ संघका केन्द्रीय सदस्य खेम चेपाङले खोप लगाउने दरलाई चेपाङ समुदायमा बढाउन आफुले संघका सबै जिल्लाका इकाईमार्फत सहजिकरण गर्ने बताए । उनले बिद्यालय, चर्च, स्वास्थ्य इकाई, वडा कार्यालय, चर्च जस्ता स्थानमा अभियान चलाउनुपर्नेमा जोड दिए ।
छलफलमा चेपाङ संघ मनहरीका अध्यक्ष प्रकाश चेपाङ,
मनहरी गाउँपालिका ख्रिष्टियन समाजका सचिव बिष्णु मोक्तान, चेपाङ संघ राक्सिराङ अध्यक्ष सोम चेपाङ लगायतले अभियानलाई सफल बनाउन आफुहरूले समुदाय तहसम्म सकारात्मक प्रचारप्रसार गरि सहयोग गर्ने बताए ।
छलफलमा चेपाङ, तामाङ र ख्रिष्टियन समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बागमती प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिड-१९ विरूद्धको खोप लगाउने दर कम पाइएपछि मन्त्री लामाले त्यस समुदाय र क्षेत्रका अगुवाहरूसंग छलफल थालेका छन् ।
१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...
१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...
१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...
१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...
१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...
१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...
१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...
१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...
१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय ...