Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्वास्थ्य मन्त्री लामाद्वारा स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन

IMG-20220114-WA0015-1642169580.jpg

३० पुस, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुक्रबार स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन गरेका छन् । उनले स्वास्थ्य आपूर्ति केन्द्रको स्वास्थ्य सामग्री भण्डारण र खोप भण्डारण स्थलको अनुगमन गरेका हुन् । 
अनुगमनका क्रममा कोभिडका लागि आवश्यक स्वास्थ्य सामग्री, अन्य औषधि, कोभिड खोप र अन्य नियमित खोपको मौज्दात र भण्डारण व्यवस्थापनबारे जानकारी लिएका छन् । अनुगमनपछि मन्त्री लामाले तथ्यांक अनुसार अहिले प्रदेशमा स्वास्थ्य सामग्री र खोपको अवस्था सन्तोषजनक रहेको पाइए पनि बढ्दो कोरोना जोखिम नियन्त्रण, रोकथाम र उपचारमा कुनै कमी नहुने गरि स्वास्थ्य सामग्री र खोप व्यवस्थापनमा लाग्न निर्देशन दिए । उनले कोरोना संक्रमितको संख्या बढिरहँदा अक्सिजनको माग बढ्ने भएकाले प्रदेशका अस्पतालमा रहेका अक्सिजन प्लान्टलाई सन्चालन गर्न तयारी अवस्थामा राख्न र १३ वटै जिल्लाका स्वास्थ्य इकाईहरूमा स्वास्थ्य सामग्रीबारे निरन्तर अपडेट गर्न निर्देशन दिए ।
मन्त्री लामालाई केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले स्वास्थ्य सामग्री र खोपको मौज्दात र आपूर्तिको आगामी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर कार्की, आपूर्तिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

IMG-20220114-WA0020-1642169607.jpg
IMG-20220114-WA0019-1642169607.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार