फाइल तस्विर
६ माघ, काठमाडौं । इन्डोनेसियाको राजधानी परिवर्तन हुने भएको छ । त्यहाँको सरकारले मंगलबार देशको राजधानी परिवर्तन गर्ने विधेयक पारित गरेपछि अब इन्डोनेसियाको नयाँ राजधानी नुसन्तारा हुने भएको हो ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०१९ मै इन्डोनेसियाको राजधानी जकार्तामा बाढीको प्रकोप ज्यादा हुने भएकाले नुसन्तारालाई नयाँ राजधानीको रुपमा कायम गर्ने बताएका थिए । सोही समयमा तयार भएको विधेयक अहिले आएर पारित भएको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ ।
राष्ट्रपति विडोडोले राजधानी परिवर्तन गर्नुको मुख्य कारण पर्यावरणीय समस्या र बढ्दो वित्तीय अस्थिरता रहेको बताएका छन् । जकार्तामा भइरहने बाढीको प्रकोप र अत्यधिक भीडभाडका कारण पनि राजधानी परिवर्तन गर्न लागिएको त्यहाँको सरकारले बताएको छ । जकार्तालाई विश्वमै सबैभन्दा छिटो जलमग्न हुने शहरको रुपमा चिन्ने गरिन्छ ।
नयाँ राजधानीका लागि सिफारिस गरिएका ८० भन्दा धेरै शहरको सूचीबाट राष्ट्रपति विडोडोले नुसन्तारालाई नयाँ राजधानीका लागि छनोट गरेका थिए ।
सन् २०२४ सम्ममा पहिलो चरणको काम पूरा हुने
सन् २०२४ मा इन्डोनेसियाको राजधानी जकार्ताबाट नुसन्तारा सार्ने पहिलो चरणको काम पूरा हुने बताइएको छ । नुसन्ताराको कूल क्षेत्रफल २ लाख ५६ हजार १ सय ४२ हेक्टर रहेको छ । पहिलो चरणको काम सकिएपछि मात्र नुसन्तारामा अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्धित कार्यालयहरू रहने बताइएको छ ।
राष्ट्रपतिको हस्ताक्षरपछि सुरु हुनेछ आधिकारिक प्रक्रिया
नयाँ राजधानी निर्माणका लागि यसअघि विशेष कमिटी गठन गरिसकिएको छ । संसद्बाट विधेयक पारित भइसकेको र अब राष्ट्रपति विडोडोले त्यसमा हस्ताक्षर गरेपछि आधिकारिक रुपमा राजधानी परिवर्तनको काम सुरु गरिने बताइएको छ । राजधानी परिवर्तन गर्न कुल ३३ बिलियन डलर खर्च हुने इन्डोनेसियन सरकारले जनाएको छ ।
यसअघि ब्राजिल, नाइजेरिया, कजाकिस्तान, म्यान्मारलगायत देशको पनि राजधानी परिवर्तन गरिएको थियो । ब्राजिलको राजधानी रियो डी जेनेरियोबाट परिवर्तन गरी ब्रासिलिया बनाइएको थियो । त्यस्तै नाइजेरियाको राजधानी लागोसबाट अबुजा, कजाकिस्तानको राजधानी अलमाटीबाट नुर सुल्तान र म्यान्मारको राजधानी रङ्गुनबाट परिवर्तन गरी न्यपिदअ कायम गरिएको थियो । (इकान्तिपुरबाट)
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















