Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लागुऔषध सहित  ८२ वर्षीय  भारतीय नागरिक प्रकाउ

22154168_1956794237941746-1507035432.jpg

१७ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुटकेश भित्र २३ वटा पोकामा लुकाएर ल्याएको करिब १२ लाख रुपैयाँ बराबरको  लागुऔषध सहित ८२ वर्षीय एक  भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण रक्सौल नांगारोड वडा नम्बर ११ बस्ने वर्ष ८२ बर्षीय बिजय कुमार कपुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५ स्थित रातोमाटे चेकपोष्ठमा बिरगंजबाट हेटौडाहुदै काठमाण्डौ जान लागेको ना. ६ ख. ८९६८ नम्बरको यात्रुबाहक बस रोकी जाँच गर्दा सोही बसमा सवार भई आएका कपुरलाई शंका लागी उनको शरीर तथा चिज वस्तु खानतलासी गर्दा  उनको सुटकेश भित्र २३ वटा पोकामा टेपले बेरी कालो रङको प्लाष्टिकमा लुकाई छिपाई ल्याएको  लागू औषध डाईजेपाम ८०० एम्पुल, फेनारागन ८०० एम्पुल र ब्यूपोनर्फिन ८०० एम्पुल गरी जम्मा २४०० एम्पुल   फेला परिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी बताए ।  प्रारम्भिक अनुसन्धानका क्रममा कपुरले कलङ्कीमा उक्त परिणामको लागुऔषध बेच्ने योजनामा रहेको खुलेको र उनलाई लागू औषध ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान गर्ने तयारी भईरहेको डिएसपी  झाले जनाएका छन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार