Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तालमेलले ‘लालकिल्ला’मा ठूलो असर

UML_Moist-1507109101.jpg

१८ असोज, हेटौँडा । नेकपा एमाले, माओवादी केन्द्रसहितका दलसंग तालमेलपछि देशभर सकारात्मक र नकारात्मक दुबै खाले प्रतिक्रिया बाहिर आएको छ । 
चुनावी तालमेलको प्रभाव मकवानपुरमा पनि  परेको देखिन्छ । चिया गफमा होस् या सामाजिक सञ्जालमा चुनावी तालमेलबारे निकै बहस भएको पाईन्छ । पार्टी एकता भन्दा पहिला चुनावी तालमेल मिलाउन जिल्ला तहमै सकस हुने निश्चित देखिन्छ । एमाले र माओवादी दुई पार्टी हुँदा नै टिकट वितरणमा ठूलै रस्साकस्सी रहेको दुई पार्टीको तालमेलले जिल्ला नेताहरुलाई झन अप्ठ्यारोमा पारेको एक नेताले बताए । 
आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेले ६० र माओवादी केन्द्र्रले ४० प्रतिशतको अनुपातमा उम्मेदवारी बाँडफाँड गर्ने जनाईएको छ । मकवानपुरको टिकट वितरणलाई यसले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । २०७० सालको संविधानसभाको निर्वाचन अनुसार एमाले जिल्लाको पहिलो पार्टी हो । यसले ४ क्षेत्र मध्ये ३ क्षेत्र जितेको छ भने माओवादी शुन्य छ । 
मकवानपुरलाई आफ्नो किल्ला ठान्ने एमालेले कसरी ४० प्रतिशत माओवादीलाई देला ? भन्ने चासो सबैमा रहेको ति नेताको भनाई छ । माओवादी निकट स्रोतका अनुसार प्रतिनिधि सभा २ र प्रदेश सभामा ४ क्षेत्र रहेको मकवानपुरमा माओवादीले प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ उम्मेदवारी दावि गर्ने तयारी गरेको छ । ६०/४० को अनुपात अनुसार यो माग जायज रहेको माओवादी नेता, कार्यकर्ताहरुको भनाई छ । कम्तिमा ३ क्षेत्रमा उम्मेदवारी दिंदा जिल्ला इन्चार्ज कुमारी मोक्तान, जिल्ला संयोजक प्रेमबहादुर पुलामी र सांसद रामनारायण विडारी सुरक्षित रहन्छन् । 
तर माओवादीमा अन्य नेताहरुले पनि आकांक्षा राखेकाले माओवादीलाई टिकट मिलाउन ठूलो तनाव झेल्नुपर्ने देखिन्छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी २७ जनाको नाम पार्टी माथिल्लो तहमा पठाउने तयारी भईरहेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । ‘असोज २१ गते पोलिटव्युरो बैठक छ, त्यहाँ कुरा राख्छौं ।’–पुलामीले भने–‘त्यसपछि ठोस निष्कर्ष निस्कन्छ ।’ मंगलबारको तालमेलले टिकट वितरणमा केही प्रभाव पारेको बताउँदै उनले ६०/४० कै ढाँचा अनुसार पनि आफुहरुले प्रत्यक्षतर्फ कम्तिमा प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ टिकटको दावि गर्ने बताए ।
यता, संघमा आधा दर्जन र प्रदेशमा एक दर्जन नेताहरुले दावि गरिरहेको एमालेमा मंगलबारको तालमेलको घोषणाले खैलाबैला मच्चिएको छ । 
तालमेलपछि धेरै युवा नेताहरुको सम्भावना न्यून हुने भएकाले युवा पुस्ताका नेताहरुमा तालमेलप्रति नकारात्मक धारणा छ । ‘लामो समय पार्टीमा योगदान गरेका नेताहरु अहिलेको तालमेलले पाखा लाग्ने देखिन्छ ।’–एक युवा नेताले भने–‘तर केन्द्रले कस्तो निर्देशन गर्छ हेर्न बाँकी छ ।’ संघमा हेटौँडाका पूर्व मेयर डोरमणी पौडेल, सांसद अनन्त पौडेल, पूर्व सांसद विरोध खतिवडा, कृष्णप्रसाद दाहालसहितका नेताहरुले दावि गरिरहेका छन् । 
टिकटका लागि जिल्ला कमिटिका उपाध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठ, नेताहरु रामचन्द्र राई, श्रीधर पोखरेल, कमल विष्ट, ध्रुव चौलागाईंसहितका दर्जन बढि नेताहरु आन्तरिक दौडधुपमा छन् । बुधबार क्षेत्रीय कमिटि र असोज २० गते जिल्लाले सुझावसहित माथिल्लो तहमा सिफारिस गर्ने एमाले जिल्ला उपाध्यक्ष लम्सालले बताए । 
उनका अनुसार पुरानै निर्देशन अनुसार जिल्ला तहबाट सिफारिस हुने छ र थप निर्णय केन्द्रले गर्ने छ । ‘तालमेल पछिको निर्णय केन्द्रले लिन्छ, अहिले हामीले पुरानै निर्देशन अनुसार टिकटका लागि सिफारिस गछौं ।’–लम्सालले भने–‘अहिलेको तालमेलले देशले निकास पाउनेमा आशावादी छौं, व्यक्तिको अवसर त पछि पनि अाउँछ ।’ 
नयाँ शक्ति समेत तालमेलमा सहभागी हुँदा पूर्व सांसद प्रल्हाद लामिछानेसहितका नेताको पनि टिकटमा दावि रहने भएकाले टिकट व्यवस्थापन अहिलेको गठबन्धनका लागि चुनौतिको विषय बनेको छ । खास गरी एमालेले आफुले जित्दै आएको क्षेत्रमा टिकट अरू दलसँग भागबण्डा गर्नु परेपछि उसमा बढि टाउको दुखाई शुरु भएको छ ।
प्रतिनिधि र प्रदेशमा तालमेलमा सहभागी एमाले, माओवादी केन्द्र, नयाँशक्तिसहितका दललाई सिट भाग लगाउनुपर्ने भएकाले एमालेको ‘लालकिल्ला’मा भुईचालो आएको जनाईन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार