१८ असोज, हेटौँडा । नेकपा एमाले, माओवादी केन्द्रसहितका दलसंग तालमेलपछि देशभर सकारात्मक र नकारात्मक दुबै खाले प्रतिक्रिया बाहिर आएको छ ।
चुनावी तालमेलको प्रभाव मकवानपुरमा पनि परेको देखिन्छ । चिया गफमा होस् या सामाजिक सञ्जालमा चुनावी तालमेलबारे निकै बहस भएको पाईन्छ । पार्टी एकता भन्दा पहिला चुनावी तालमेल मिलाउन जिल्ला तहमै सकस हुने निश्चित देखिन्छ । एमाले र माओवादी दुई पार्टी हुँदा नै टिकट वितरणमा ठूलै रस्साकस्सी रहेको दुई पार्टीको तालमेलले जिल्ला नेताहरुलाई झन अप्ठ्यारोमा पारेको एक नेताले बताए ।
आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेले ६० र माओवादी केन्द्र्रले ४० प्रतिशतको अनुपातमा उम्मेदवारी बाँडफाँड गर्ने जनाईएको छ । मकवानपुरको टिकट वितरणलाई यसले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । २०७० सालको संविधानसभाको निर्वाचन अनुसार एमाले जिल्लाको पहिलो पार्टी हो । यसले ४ क्षेत्र मध्ये ३ क्षेत्र जितेको छ भने माओवादी शुन्य छ ।
मकवानपुरलाई आफ्नो किल्ला ठान्ने एमालेले कसरी ४० प्रतिशत माओवादीलाई देला ? भन्ने चासो सबैमा रहेको ति नेताको भनाई छ । माओवादी निकट स्रोतका अनुसार प्रतिनिधि सभा २ र प्रदेश सभामा ४ क्षेत्र रहेको मकवानपुरमा माओवादीले प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ उम्मेदवारी दावि गर्ने तयारी गरेको छ । ६०/४० को अनुपात अनुसार यो माग जायज रहेको माओवादी नेता, कार्यकर्ताहरुको भनाई छ । कम्तिमा ३ क्षेत्रमा उम्मेदवारी दिंदा जिल्ला इन्चार्ज कुमारी मोक्तान, जिल्ला संयोजक प्रेमबहादुर पुलामी र सांसद रामनारायण विडारी सुरक्षित रहन्छन् ।
तर माओवादीमा अन्य नेताहरुले पनि आकांक्षा राखेकाले माओवादीलाई टिकट मिलाउन ठूलो तनाव झेल्नुपर्ने देखिन्छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी २७ जनाको नाम पार्टी माथिल्लो तहमा पठाउने तयारी भईरहेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । ‘असोज २१ गते पोलिटव्युरो बैठक छ, त्यहाँ कुरा राख्छौं ।’–पुलामीले भने–‘त्यसपछि ठोस निष्कर्ष निस्कन्छ ।’ मंगलबारको तालमेलले टिकट वितरणमा केही प्रभाव पारेको बताउँदै उनले ६०/४० कै ढाँचा अनुसार पनि आफुहरुले प्रत्यक्षतर्फ कम्तिमा प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ टिकटको दावि गर्ने बताए ।
यता, संघमा आधा दर्जन र प्रदेशमा एक दर्जन नेताहरुले दावि गरिरहेको एमालेमा मंगलबारको तालमेलको घोषणाले खैलाबैला मच्चिएको छ ।
तालमेलपछि धेरै युवा नेताहरुको सम्भावना न्यून हुने भएकाले युवा पुस्ताका नेताहरुमा तालमेलप्रति नकारात्मक धारणा छ । ‘लामो समय पार्टीमा योगदान गरेका नेताहरु अहिलेको तालमेलले पाखा लाग्ने देखिन्छ ।’–एक युवा नेताले भने–‘तर केन्द्रले कस्तो निर्देशन गर्छ हेर्न बाँकी छ ।’ संघमा हेटौँडाका पूर्व मेयर डोरमणी पौडेल, सांसद अनन्त पौडेल, पूर्व सांसद विरोध खतिवडा, कृष्णप्रसाद दाहालसहितका नेताहरुले दावि गरिरहेका छन् ।
टिकटका लागि जिल्ला कमिटिका उपाध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठ, नेताहरु रामचन्द्र राई, श्रीधर पोखरेल, कमल विष्ट, ध्रुव चौलागाईंसहितका दर्जन बढि नेताहरु आन्तरिक दौडधुपमा छन् । बुधबार क्षेत्रीय कमिटि र असोज २० गते जिल्लाले सुझावसहित माथिल्लो तहमा सिफारिस गर्ने एमाले जिल्ला उपाध्यक्ष लम्सालले बताए ।
उनका अनुसार पुरानै निर्देशन अनुसार जिल्ला तहबाट सिफारिस हुने छ र थप निर्णय केन्द्रले गर्ने छ । ‘तालमेल पछिको निर्णय केन्द्रले लिन्छ, अहिले हामीले पुरानै निर्देशन अनुसार टिकटका लागि सिफारिस गछौं ।’–लम्सालले भने–‘अहिलेको तालमेलले देशले निकास पाउनेमा आशावादी छौं, व्यक्तिको अवसर त पछि पनि अाउँछ ।’
नयाँ शक्ति समेत तालमेलमा सहभागी हुँदा पूर्व सांसद प्रल्हाद लामिछानेसहितका नेताको पनि टिकटमा दावि रहने भएकाले टिकट व्यवस्थापन अहिलेको गठबन्धनका लागि चुनौतिको विषय बनेको छ । खास गरी एमालेले आफुले जित्दै आएको क्षेत्रमा टिकट अरू दलसँग भागबण्डा गर्नु परेपछि उसमा बढि टाउको दुखाई शुरु भएको छ ।
प्रतिनिधि र प्रदेशमा तालमेलमा सहभागी एमाले, माओवादी केन्द्र, नयाँशक्तिसहितका दललाई सिट भाग लगाउनुपर्ने भएकाले एमालेको ‘लालकिल्ला’मा भुईचालो आएको जनाईन्छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)