Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेससहित ६ दल बृहत लोकतान्त्रिक गठबन्धन निर्माणमा सहमत,  विहिबार (आज) ७ सदस्यीय उच्चस्तरीय कार्यदल बन्ने 

Democratic-allience-1507167933.jpg

१९ असोज, हेटौँडा । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागी नेपाली कांग्रेस सहितका ६ दलले बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गरेर तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षि एमाले र नयाँ शक्ति पार्टी नेपालसँग तालमेल गर्ने निर्णय गरेसँगै अर्को सत्तारुढ दल नेपाली काँग्रेससहित ६ दल विच यस्तो सहमती भएको हो । 
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बुधबार भएको बैठकमा काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम सम्मिलित बृहत लोगकतान्त्रिक गठबन्धन निर्माण गर्ने सहमति भएको हो ।
कांग्रेस सहतिको बृहत लोकतान्त्रिक गठबन्धले विहिबार (आज) सात सदस्यीय उच्चस्तरीय कार्यदल बनाउने निर्णय पनि गरेका छन् । कार्यदलमा काँग्रेसका २ जना, बाँकी पाँच दलका १–१ जना सदस्य रहने बताइएको छ । यो कार्यदलले नै लोकतान्त्रिक गठबन्धन निर्माणका लागि आवस्यक गृहकार्य गर्ने बताइएको छ । 
बुधबारको बैठकमा प्रधानमन्त्री देउवा, राप्रपाका कमल थापा, राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणा, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका विजय गच्छदार लगायत नेताहरु सहभागि रहेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार