Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गाँजा र अफिम खेती नष्ट गर्न मकवानपुर प्रहरीको सकृयता

दुई दिनमा करिब ५० बिगाह लागुऔषध खेती नष्ट

FB_IMG_1644212910741-1644213382.jpg

फोटो:जिप्रका मकवानपुर

२४ माघ,हेटौंडा। मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ। यसक्रममा माघ महिनाको २१ गतेबाट २३ गते आइतबार दुईदिनसम्म प्रहरीले जिल्लाको विभिन्न स्थानको २९ बिगाह १० कठ्ठामा खेति गरिएको  लागुऔषध गाँजा र २१ बिगाहमा लगाइएको अफिम फडानी गरेर नष्ट गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले कैलाश र राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा  अन्दाजी २९ बिगाह १० कठ्ठामा खेति गरिएको लागुऔषध गाँजा र २१ विगाहमा लगाइएको अफिम खेतीलाई फडानी गरेर नष्ट गरेको जनाएका छन।  

उक्त स्थानमा लगाइएको र खेति गरिएको लागुऔषध गाँजा र अफिम लागुऔषध व्युरो कोटेश्वर काठमाडौं,बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा,सशस्त्र प्रहरी गण राटोमाटेबाट प्रहरी निरीक्षक सहित खटिगएको करिब १५० जनाको प्रहरी टोलीले फडानी गरेर नष्ट गरेको प्रहरी निरीक्षक दासले बताए। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जिल्लाभर अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती पहिचान गरी नष्ट गर्ने अभियान सुरू गरिने बताएसँगै मकवानपुर प्रहरीले मकवानपुरको बिकट स्थानमा लगाइएको अबैध लागुऔषध खेतीलाई अभियाननै सञ्चालन गरेर फडानी गरेर नष्ट गर्न थालेको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार